मिचिगन च्याप्टरको अध्यक्षमा बस्याल

मिचिगन । नेपाली जनसम्पर्क समितिको मिचिगन च्याप्टरको तेस्रो महाधिवशेनले नयाँ नेतृत्व चयन गरेको छ । एक सय भन्दा बढीको उपस्थितीमा सम्पन्न सो महाधिवेशनले रामप्रसाद बस्यालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । बरिष्ठ उपाध्यक्षमा जगनलाल श्रेष्ठ, उपाध्यक्षमा अमृत भट्टराई, मधुकर रजौरिया, महासचिवमा घनश्याम पाण्डेय, सचिवमा प्रकाश भट्टराई, कोषाध्यक्षमा बिनोदचन्द्र घिमिरे सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा तारालक्ष्मी बादे श्रेष्ठ, सुधा भट्टराई, लोचन श्रेष्ठ, पूण्य पराजुली, निरज कार्की, सरोज ढकाल, खिमलाल घिमिरे, बिष्णु बस्याल, लक्ष्मण पाण्डे र श्रीधर पाण्डे चयन भएका छन् ।

उक्त कार्यक्रममा निर्वतमान अध्यक्ष धर्म भट्टराईले नयाँ कार्यसमितिको सफलताको कामना गरेका थिए । उनले नवनिर्वाचित कार्यसमितिलाई दोसल्लाह ओढाई सम्मान गरेका थिए । मिचिगन स्टेटको नोभी शहरको  च्याप्टर उपाध्यक्ष जगनलाल श्रेष्ठ (बिपिन ) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतित्थ्य नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय महाधिबेशन संयोजक बिष्णु सुबेदीले गरेका थिए । बिसिष्ठ अतिथिमा जनसम्पर्क समिति अमेरिकाका पूर्वअध्यक्ष आनन्द बिष्ठ रहेका थिए । उक्त कार्यक्रममा च्याप्टरका सदस्य प्रकाश भट्टराईले संचालन गरेका थिए भने सचिब अमृत भट्टराईद्वारा स्वागत मन्तब्य र महासचिब रामप्रसाद बश्यालले कार्यक्रममाथि प्रकाश पारेका थिए । उद्घाटन समारोह पश्चात चलेको बन्द सत्रले निर्वाचन आयुक्त दुर्गा प्रसाद पन्थी समक्ष राम प्रसाद बश्यालको नेतृत्वमा सत्र सदस्यीय कार्यसमिति चयन गरेको हो । दाबी बिरोध गर्ने समयसम्म कसैको दाबी बिरोध नपरेपछि सवैजना सर्वसम्मत भएका थिए ।

यस्तो छ नेपाली जनसम्पर्क समितिको मिचिगनको नयाँ कार्यसमितिः
अध्यक्षः राम प्रसाद बश्याल
बरिष्ठ उपाध्यक्षःजगन लाल श्रेष्ठ (बिपिन)
उपाध्यक्षःअमृत भट्टराई,मधुकर रजौरिया
महासचिवःघनश्याम पाण्डेय
सचिवःप्रकाश भट्टराई
कोषाध्यक्षःबिनोद चन्द्र घिमिरे
सदस्यहरु
तारालक्ष्मी बादे श्रेष्ठ
सुधा भट्टराई
लोचन श्रेष्ठ
पुण्य पराजुली
निरज कार्की
सरोज ढकाल
खिमलाल घिमिरे
बिष्णु बश्याल
लक्ष्मण पाण्डे
श्रीधर पाण्डे
निर्वाचन पश्चात बसेको नवनिर्वाचित  कार्यसमितिको अनौपचारिक बैठकलेले सरण बादे श्रेष्ठ, दिलिप केसी, तुलसी सिवाकोटी र पुर्ण लामिछानेलाई सल्लाहकार चयन गरेको छ ।

Share on Twitter Share on Facebook