मिस टिनको उपाधि खोटाङकी ज्योतिलाई

काठमाडौं । खोटाङकी १७ वर्षीया ज्योति क्षेत्रीले ‘मिस टिन आइडल २०१४’ को उपाधि चुम्न सफल भएकी छन् । २२ प्रतिष्पर्धीलाई पछि पार्दै ज्योतिले उपाधि चुमेकी हुन् । उपाधिसँगै ज्योतिले २५ हजार रुपैयाँ पुरस्कार समेत हात पारिन् । एक्सन इन्टरटेन्मेन्ट प्रालीको आयोजनामा शुक्रबार साँझ राजधानीमा आयोजित प्रतियोगितामा काभ्रेकी १७ वर्षीया साइरिला श्रेष्ठ फष्ट रनरअपर र र वीरगञ्जकी १८ वर्षीया प्रियंका मानन्धर सेकेन्ड रनरअप घोषित भएका थिए । यी दुबैले उपाधिका साथमा बिभिन्न उपहार पनि प्राप्त गरका छन् ।

        प्रतियोगितामा प्रमिशा लुईटेल ‘मिस स्माइल’,नीकिता महत ‘मिस पर्सनालिटी’, प्रियंका महर्जन ‘मिस बेस्ट स्किन’, दीव्या महर्जन ‘मिस बेस्ट हेयर’, इलिसिभा देवान ‘मिस फ्रेण्डसिम’, सञ्जु केसी ‘मिस फोटोजेनिक’, उपमा बानियाँ ‘मिस पञ्चुअल’, लक्ष्मी राई ‘मिस डिस्सिप्लिन’, पेमला शेर्पा ‘मिस पप्लिक च्वाइस’ र अर्पना लामा ‘मिस ट्यालेन्ट’ घोषित भएका थिए । सन २००९ देखि मिस मंगोल नेपाल, मिस लिटिल आइडलजस्ता प्रतियोगिता  आयोजना गर्दै आएको एक्सन इन्टरटेन्मेन्टले यसवर्षदेखि मिस टिन आइडल पनि सुरू गरेको हो । प्रतियोगितामा १५ जिल्लाका २३ प्रतियोगी अन्तिम प्रतिष्पर्धामा उत्रिएका थिए । प्रतियोगीहरूलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएका थिए भने दुर्गानाथ शर्मा, राजभाई सुवाल, बीएकुमार शर्मा, मुस्कान लिम्बु, समृद्धि राई, पूर्ण लामा, आशिष्मा नकर्मी र मनिका राईलगायतका निर्णायक मण्डलले प्रतियोगीको प्रस्तुति मूल्यांकन गरेका थिए ।

Share on Twitter Share on Facebook