आखिर के चाहान्छन् मोदी ?

रोशन पाण्डे / काठमाडौं । भारतीय कांग्रेस सत्ताले विगारेको छिमेकी मुलुकसागको सम्बन्ध सुधारको बाटोमा उक्लिएका छन्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । सार्कका राष्ट्रहरुसाग सम्बन्ध जोड्नका लागि आफ्नो शपथ कार्यक्रममा निम्तो दिएर आठै देशका सरकार र राष्ट्रप्रमुखसाग साझेदारी सम्बन्ध कायम राख्ने सुरुआत गरेका मोदीले सार्कबाट नै आफ्नो विदेश भ्रमण सुरु गरेका थिए । अझ, उनको सार्कमा पनि नेपालसागको सम्बन्धलाई विशेष चासोका रुपमा हेरिएको थियो । भुटानको संसदमा पनि नेपालको चर्चा गरेका मोदी लगत्तै आइतबार नेपालमा उत्रिए । र, उनले नेपालमा आफ्नो जादुको वर्षा गरेर सवैलाई एकैतिर केन्द्रित बनाए ।

मोदीको रणनीति के हो ? आखिर के चाहान्छन् मोदी ?  
सार्क राष्ट्र सदस्यका लागि एक दशक अघि चीनले गरेको प्रस्तावलाई भारतले ठाडै अस्वीकार गरेर अफगानिस्तानलाई सदस्य राष्ट्रमा स्वीकार गरेपछि चीन–भारत सम्बन्ध विग्रिएको थियो । उदयीमान शक्ति चीन सार्क राष्ट्र सदस्य भएमा भारतको दबदबा र नेतृत्व गर्ने योजना असफल हुने भएपछि भारतको चाहनाको आधारमा चीनलाई सार्क सदस्यमा समावेश गरिएन ।
चीनको पाकिस्तानसागको सम्बन्ध र सार्कका अन्य मुलुकमा पनि राजनीतिक हस्तक्षेप र भुमिका प्रभावकारी बनिरहादा भारत कमजोर हुने ठानेर भारतले चीनलाई सार्क सदस्यमा स्वीकार गरेन । अन्तत: बहुमत सार्क राष्ट्रले भारतको अडानमा साथ दिए तर चीनलाई सार्क संरक्षण राष्ट्रका रुपमा स्वीकार्नुपर्ने भयो । र, अहिले चीन सार्कको संरक्षण राष्ट्र हो भने चीनलाई सन्तुलनमा राख्नका लागि जापानलाई पनि संरक्षण राष्ट्रका रुपमा राखियो । तर, चीनले भारतको उक्त अडानलाई चिर्नका लागि आफुसाग सीमा जोडिएका सार्कका अन्य राष्ट्रसाग निरन्तर सम्बन्ध सुमधुर बनाउने अर्को योजना तर्जुमा गरि अघि बढ्यो ।

        नेपालमा सोही बेला चलेको कम्युनिष्ट आन्दोलनको युद्धलाई सहयोग गर्ने र समर्थन गर्ने रणनीतिअनुसार चीन अघि बढ्यो । चीनको यस्तो कदमलाई निरुत्साहित पार्नु भारतको बाध्यता बनेको थियो । उता, पाकिस्तानलाई सहयोग र यता तीनतिर सीमा जोडिएको नेपालमा पनि चीनको भुमिका प्रभावकारी हुन थालेपछि भारतले माओवादी युद्धको टुंगो लगाउने कामको नेतृत्व पनि आफैंले गर्नुपर्ने ठान्यो र १२ बुदे दिल्ली सम्झौताको वातावरण बनायो । चीनले सक्रिय राजनीतिमा आएका तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई सहयोग गर्ने आश्वासन दिएपछि ज्ञानेन्द्रले भारतसागको दुरी बढाएपछि ज्ञानेन्द्रको सत्ता पनि जानेगरी भारतले नेपालमा राजनीतिक हस्तक्षेप गरिदियो । रअका अधिकारीहरुको प्रवेश, १२ बुादे दिल्ली सम्झौता र नेपाली जनआन्दोलनको वातावरणका आधारमा भारत नेपालमा नयाा राजनीतिक कोर्ष स्थापना गराउन सफल भयो, जहा उसले चीनको रणनीतिलाई असफल बनाएको ठान्यो । तर, चीनले शान्ति प्रकृया सुरु भएपछि ठूलो शक्तिका रुपमा रहेको तत्कालिन नेकपा माओवादीलाई आफु निकट बनायो र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ठूलो सत्कार गरिदियो । ओलम्पिक खेल आयोजना हुने क्रममा उसले विश्वका शक्तिशाली व्यक्तिहरुको ठाउामा राखेर प्रचण्डको स्वागत गरी नेपालको राजनीतिमा फेरि भारतविरोधी आवाजलाई बुलन्द बनाइदियो । त्यसबेला नेपालमा रहेका भारतीय राजदुत राकेश सुदले माओवादीको उक्त कदमको भारतीय सरकारलाई जानकारी गराए र माओवादी विभाजनका विऊ रोप्नका लागि तत्कालिन भारतीय संस्थापन सक्रिय हुन थाल्यो ।

 यसबीचमा नेपाल–भारत सम्बन्ध निक्कै चिसो भयो । भारतले नेपालमा सहयोगका रकमहरुमा कटौती गरीरह्यो, मधेसी दलहरुलाई उचाल्ने र पछार्ने काममात्र भएन, मुलधारका राजनीतिक दलहरुलाई पनि दबाबमा राख्ने काम गरेको थियो । नेपाली राजनीतिमा विभाजनको विउ रोप्न प्रयास गरेपनि संविधानसभाको दोस्रो निर्वाचनबाट नेपाली जनताले भारतको योजनालाई कमजोर बनाइदिए । सोही बेला लोकसभा चुनावको तयारी भइरहेको भारतमा प्रतिपक्षी दलको रुपमा हरेको भारतीय जनता पार्टीले संस्थापनविरुद्ध नारा पायो– छिमेकी राष्ट्रहरुसागको सम्बन्ध विग्रियो । कांग्रेस आइले मुलुक कमजोर बनायो भन्ने । त्यसपछि लोकसभा निर्वाचनले भाजपाका नेता नरेन्द्र मोदीको नेतृत्वमा लोकसभा निर्वाचनमा बहुमतको सरकार बनाउने जनादेश पाएपछि मोदीको उदय भयो । उनै मोदीले आफ्नो सरकार गठन भएको तेस्रो महिनाको पहिलो साता चल्दै गर्दा नेपालको भ्रमण गरे र नेपाली जनता पनि मन्त्रमुग्ध हुनेगरी संसदमा भाषण गरिदिए । उनको नेपाल भ्रमणले नेपाली राजनीतिक व्यवस्था, नेपाली जनता र नेपालका राजनीतिक दलहरुको धारणा परिवर्तन भएको छ । उनको जादुमय भाषणले चीननिकट हुादै गएको नेपाली राजनीति भारतकेन्द्रित हुन थालेको विश्लेषकहरुले बताउन थालेका छन् ।
चीनसाग सीमा जोडिएका छिमेकी मुलुकहरुको झुकाव भारततिर बनाउनका लागि मोदीको रणनीतिक अभ्यसाका रुपमा उनको भुटान र नेपाल भ्रमणलाई विश्लेषण गरिएको छ । विगत डेढ दशकमा माओवादी युद्धपछि नेपाली राजनीतिको झुकाव चीनतिर ज्यादा भएको र त्यसलाई भारतीय कांग्रेस सरकारले सुधार्न नसकेको अवस्थामा मोदीको रणनीतिले सुधार्दै जाने भारतीय विश्लेषकहरुले बताएका छन् । ‘मोदीको लक्ष्य भनेको सार्कको नेतृत्व गर्ने हो, कांग्रेस सरकारले विगारेको सम्बन्ध सुधार्ने र नयाा शक्तिका रुपमा भारतलाई अझ बलियो बनाउने हो ।’, एक भारतीय वरिष्ठ पत्रकारले भने,‘यो रणनीतिअनुसार नै मोदी केही हदसम्म सफल भएका छन् ।’
विवादमा रहेको गौतम बुद्ध जन्मथलोको विषय, नेपालको सार्वभौमिकता, नेपाली जलस्रोतको भारतले नियन्त्रण गर्ने विषयमा मोदीले खुलेर नेपालीको दिलखुस हुनेगरि सम्बोधन गरिदिए । उनले नेपाली संसदमा नेपाली भाषामा सुरु गरेको भाषणका क्रममा नेपाल बुद्धभूमि भएको, नेपाल सार्वभौम स्वतन्त्र राष्ट्र र नेपालसाग अथाह जलशक्ति रहेको र त्यो आफुले नियन्त्रण वा निशुल्क नभएर किन्न खोजेको खुलेर बताइदिए । बुद्धको जन्मथलोको विषयमा भएको विवादको टुंगो लागेजसरी युवा वर्गलाई उनले सम्बोधन गरे । राजनीतिक विवादमा रहेको नेपाली सार्वभौमिकताका विषयमा पनि सकारात्मक हुनेगरी जादुमयी भाषा प्रयोग गरिदिए । र, नेपाली पानीको सदुपयोग गर्ने र नेपाल उज्यालो बनाएपछि मात्र भारत उज्यालो बनाउने विषयमा पनि उनी बोलेका कारण उनले भ्रमण अपेक्षा र लक्ष्यअनुसारको बनाएको विश्लेषकहरुले बताए ।

Share on Twitter Share on Facebook