आफ्नै श्रीमान बलात्कारी बनेपछि.....

हेटौडा, जेष्ठ २४ । पाँच साताअघि दाम्पत्य जीवनमा बाँधिएकी एक महिला पतिकै संलग्नतामा सामूहिक रूपले बलात्कृत भएकी छन् । प्रहरीले सामूहिक बलात्कारको अभियोगमा पति सन्तोष र देवर सुमन उपाध्याय, मतियारको रूपमा तिनका काकी भगवतीदेवीलाई पक्राउ गरेको छ । हेटौंडा ८ निवासी सन्तोषको स्थानीय २१ बर्षकी युवतीसँग गएको वैशाख १ गते परम्परागत रूपले विवाह भएको हो । विवाहको भोलिपल्टैदेखि दाजुभाइ मिलेर लठ्याउने औषधि खुवाउँदै पालैपालो बलात्कार गर्दै आएको पीडितको उजुरीमा उल्लेख छ । बलात्कारको पछिल्लो घटनामा आफूमाथि निर्घात कुटपिट भएको पनि उल्लेख छ । उनको हाल हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

नीजि क्षेत्रलाई समेट्न नसकेपछि प्रधानमन्त्रीको आलोचना

को–को छन् कोइरालाको जम्बो टोलीमा ?
काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला तीस जनाको जम्बो टोलीसहित चीन भ्रमणमा गएका छन् । अन्य ८ जना भने चीनस्थित नेपाली दुतावासबाट सहभागी हुनेछन् । चीनको कुन्मिङ प्रान्तमा हुने दोस्रो ‘चाइना साउथ एसिया एक्स्पो’मा सहभागी हुन प्रधामन्त्री कोइराला चीन प्रस्थान गरेका हुन् । तर प्रधानमन्त्री कोइरालासँगै टोलीमा को को भाग्यमानी परेछन् भन्ने कुरा सायद पाठकलाई पक्कै पनि जान्न मन होला । उनको भ्रमण टोलीमा ३० जना अटाएका छन् । टोलीमा प्रधानमन्त्रीसहित उनका स्वकीय सचिव बसन्त गौतम, सल्लाहकारहरू दिनश भट्टराई र चिरन्जीवी नेपाल, नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल प्रकाश देउजा र प्रहरी निरीक्षक महेन्द्र मरासिनी छन् ।

योग्य र राम्रालाई नि आँखानै देखेनन् आईजीपी अर्यालले

काठमाडौं । नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्याल स्वयम्ले आफ्नोलाई काख र अर्कालाई पाख गर्ने गरेको प्रमाण भेटिएको छ । आईजीपी अर्यालले शान्ति मिसनबाट फर्किएका प्रहरीलाई उपत्यका बाहिर पोष्टिङ गर्ने नीति विपरित सरुवा र बढुवा गर्न थालेपछि यो कुरा पुष्टि भएको हो । आईजीपी अर्यालले युएन मिसनबाट फर्किएका डीएसपी हृदय थापालाई निकै आकर्षक मानिने प्रबन्ध शाखामा सरुवा गरेपछि आईजीपी अर्यालको निष्पक्षतामाथि प्रश्न चिन्ह उठेको हो । त्यसैगरी, डीएसपी थापासँगै मिसनबाट फर्किएका दीपक थापालाई मकवानपुर, हिमालयन श्रेष्ठलाई झापा, तथा दिनेश मैनालीलाई कपिलवस्तु सरुवा गरिएको छ । तर आईजीपी अर्याल निकट मानिएका अन्य एक दर्जनलाई प्रहरी प्रधान कार्यालय तथा राजधानीभित्र नै पोष्टिङ गरिएको छ ।

छोरीमैयालाई कसले बेपत्ता बनायो ?

छोरीमैयाको मोबाइलबाट उनकै कान्छी छोरीको मोबाइलमा म्यासेज आयो–‘म मनकामनामा छु, साथी पनि छ, पर्सी आउँछु ।’ त्यसपछि न छोरीमैया आइन् न त उनीबारे थप जानकारी नै आयो । मुद्दा पनि न्यायलयले किनारा लगाइदियो । जबकी छोरीमैयालाई म्यासेज लेख्न नै आउने थिएन् ।
रोशन पाण्डे / काठमाडौं । अपराध अनुसन्धानको जिम्मा लिएका प्रहरी र अभियोजन गर्ने सरकारी वकिल कार्यालयको गैरजिम्मेवारीपनका कारण चर्चित छोरीमैया महजर्न बेपत्ता मुद्दा न्यायालयबाट किनारा लागेको छ । प्रमाण अभाब देखाउदै जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेशकुमार काफ्लेले गत सोमवार मध्यराती मुख्य अभियुक्त मानिएकी सुरक्षा सिंह उर्फ निक्की सिंहलाई सफाई दिने निर्यण गरेसंगै छोरीमैयाको मुद्दा किनारा लागेको हो ।

यूनियनको महाधिवेशमा उम्मेदवारीको ओइरो

काठमाण्डौ । महाधिवेशनको मिति नजिकिँदै जाँदा नेपाली काग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस यूनियनमा चुनावी रौनक बढेको छ । पर्यटकीय नगरी पोखरामा आगामी असार ४ र ५ गते हुने यूनियनको महाधिवेशनका लागि दर्जनौले उम्मेदवारी घोषणा गरिसकेका छन् भने दर्जनौं क्रममा रहेका छन् । एक मात्र अध्यक्षका पदका लागि करिव एक दर्जनले उम्मेदवारी घोषणा गरेका छन् । घोषणा गर्नेमा ईटहरी महाधिवेशनमा उम्मेदवारी दिन नपाएका युवा पत्रकार रामप्रसाद दाहाल, यसअधि भएका महाधिवेशनमा पटकपटक उठ्दै मोलमोलाई पछि पछाडि हट्ने बानी परेका पूर्व बरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडी, कुनै पनि पत्रपत्रिकामा काम नगरेको तर नेपाली काँग्रेसका नेता शेरवहादुर देउवा निकट भएका कारण यूनियनमा अटाएका कार्यवहाक अध्यक्ष बद्री सिग्देल र यूनियनको नाममा उठैती धन्दा चलाउने महासचिव शिव लम्साल रहेका छन् ।

एसएसपी खरेलको कनेक्सन कहाँसम्म ?

काठमाडौं । प्रहरीको बढुवामा विवादास्पद अभिब्यक्ति दिएका कारण चर्चामा रहेका एसएसपी रमेश खरेल ‘रअ’ का एजेन्टले आयोजना गरेको रात्रीभोजमा भेटिएका छन् । डीआईजी बढुवामा व्रिफकेश बोकेर चलखेल गरिएको बताउने एसएसपी खरेलसँग नेपालका नामुद डलर र सुन तस्कर दिपक मल्होत्रासमेत सँगै देखिए । त्यसो त सुन तस्करसँग मिलेर अकुत सम्पत्ति कमाएको आरोप खेपिरहेका डीआईजी विज्ञानराज शर्माको पनि उक्त रात्रीभोजमा उपस्थिति थियो । डीआईजी शर्मा नै एसएसपी खरेलको विवादास्पद अभिब्यक्ति छानविन टोलीका संयोजक हुन् । डीआईजी शर्मा र एसएसपी खरेल एकै ठाँउमा एउटै रात्रीभोजमा भेटिनुलाई समेत संयोग मान्न सकिन्न ।

यसरी सफाई दिइयो मिटरराजा सिंहलाई

एसएसपी रमेश खरेलले मिटरब्याजमा लगानी गर्ने नाममा अपहरण, असुली र जर्वजस्ती लुटपाट गर्ने अभियोगमा पक्राउ गरि मुद्दा चलाइएका महेशबहादुर सिंहलाई रातारात सफाई दिइएको छ । सर्वसाधारणको मुद्दा फैसला गर्न दुई बर्ष लाग्ने अदालतमा सिंहका चार अपहरण र  जर्बजस्ती चोरी मुद्दा दुई महिनामै फैसला गरि सफाई दिएपछि न्यायालयको निश्पक्षतामाथि नै प्रश्नचिन्ह खडा भएको छ । सिंहविरुद्ध हातहतियार र बन्यजन्तु मुद्दा पनि छन् ।

यस्ता छन् एसएसपी खरेलको नजरमा ७ डीआईजी

काठमाडौं । चरम आर्थिक चलखेल र बरिष्ठता मिचेर डीआईजीबाट एआईजीका लागि बढुवा सिफारिस भएका ७ जना डीआईजी मध्ये ६ जनाको माष्टर डिग्री नभएको रहस्य खुलेको छ । स्रोतका अनुसार ३ करोड दिने सर्तमा बढुवा सिफारिस भएका डीआईजी प्रतापसिंह थापाले मात्र माष्टर डिग्री गरेका छन् । विशिष्ट श्रेणीमा बढुवा हुनका लागि निजामती सेवामा अनिवार्य रुपमा डिग्री गरेको हुनु पर्छ । तर नेपाल प्रहरी जस्तो संवेदनशिल संगठनमा भने माष्टर डिग्रीको कुनै महत्व नदिएकोप्रति विभागभित्र नै असन्तोष बढेको छ । प्रहरी निरीक्षकमा भर्ना हुँदा गरेको ब्याच्लर डिग्रीकै भरमा विशिष्ट श्रेणीमा बढुवा हुने गरेको छ । स्रोतका अनुसार जागिर खाँदाको योग्यताकै भरमा आईजीपी हुनेमा बर्तमान आईजीपी उपेन्द्रकान्त अर्याल पनि पर्छन् ।

राजधानीमा फस्टाउँदो मृगौलाको अबैध ब्यापार

रोशन पाण्डे । काठमाडौं । मृगौलाका बिरामी बढेसँगै यसको अवैध कारोबार पनि मौलाउन थालेको छ । प्रहरीले मृगौला कारोबारमा संलग्न १० जना गिरोहलाई राजधानीबाट गत साता पक्राउ गरेपछि मृगौला कारोबारी सल्वलाएको पुष्टि भएको हो । मृगौला तस्करीले बिभिन्न आर्थिक प्रलोभनमा पारि अशिक्षितलाई भारतसम्म पुर्‍याएर मृगौलाको पत्यारोपण गर्ने गरेको समाचार विगतमा बाहिर आएपनि राजधानीकै अस्पतालमा किर्ते कागजात तयार पारि पत्यारोपण गर्न लागेको भेटिएको हो । एकाघरको परिवामा मृर्गौला पत्यारोपण गर्न कानुनीले छुट दिएको छ । तर, कारोबारीले  गरिव र अशिक्षितलाई किर्ते कागजात तयार पारि कागजी रुपमा मात्र एकाघरको मृगौला पत्यारोपण गराउदै आएको स्रोत बताउँछन् ।

जन्डिसको महामारीमा विराटनगर, बेखबर सरकार

२६ जनाको मृत्यु, सयौं अस्पतालको शैयामा
          विराटनगर । नागरिकको ज्यान भन्दा ठूलो केही हुन सक्दैन । बाँकी सवै क्रमश: प्राथमिकतामा पर्छन् । विवेकशिल जनता कहिले पनि भिडको पछाडि लाग्नु हुँदैन् । राज्यले नागरिकको जिउधन र शान्ति सुरक्षाको बारेमा सोच्दैन भने केबल त्यहाँ सरकार होइन, जिउँदो लासले मात्र शासन गरिरहेको छ र जनता त्यसका साक्षी बनिरहेका छन् मात्र भन्न सकिन्छ । विराटनगरमा दुई दर्जन भन्दा बढीको जन्डिस प्रकोपका कारण अकालमा मृत्यु भइसक्यो । कहाँ छ सरकार र यस मुलुलका विवेकशिल जनता ? तर, मुलुक यतिखेर एसएसपी रमेश खरेलको बढुवा, सरुवा गर्ने वा नगर्ने भन्ने विषयमा अड्कीएको छ ।

हराएका पासपोर्ट यसरी बेचिन्छन् बजारमा

रोशन पाण्डे / काठमाडौं । दैनिक विभिन्न पत्रपत्रिकामा दर्जनौं पासपोर्ट हराएको सूचना प्रकाशित हुन्छन् । हराएको पासपोर्ट कहाँ जान्छ, किन भेटिदैन ? कसरी राहादानी दैनिक एउटै प्रकृतिबाट दर्जनौं ब्यक्तिको हराउँछ ? प्रश्नैप्रश्न उठ्छ । दैनिक पत्रपत्रिकामा प्रकाशित बिज्ञापन अध्ययन गर्ने हो भने सबैको पासपोर्ट हराउने तरिका एउटै हुन्छ । एक ठाँउबाट अर्को ठाँउमा जाँदा वा गाडिमा जाँदा राहदानी हरायो भन्ने । के यो पासपोर्ट हराएको बिश्वास लाग्ने आधार हो त ? अनुसन्धानको बिषय बनेको छ ।

अख्तियारको आँखा छल्दै पोखरा उप–महानगरमा करोडौं भष्टाचार

 प्रहरीभित्रको भ्रष्टाचार बारे त एसएसपी खरेलले बोले,कर्मचारीतन्त्रभित्रको भ्रष्टाचार बारे कसले बोल्ने ?   कास्की । पोखरा उप–महानगरपालिकाका कार्यकारी प्रमुख अधिकृत झलकराम अधिकारीले झ्यालबाट आएका अवैध योजनालाई कमिशनको चक्करमा आर्थिक बर्ष ०७०/०७१ मा मात्रै ३ करोड रुपैयाँ बराबर बजेट पारित गरेका छन् । कानूनत बजेट पुस्तीकामा नपरेका योजनालाई विशेष परिस्थितिमा बाहेक पारित गरिन्न । नियम अनुसार प्राथमिकताको आधारमा उप–महानगरका विभिन्न वडा कार्यालयहरुमा योजना तर्जुमा गोष्ठिले सवैको उपस्थितिमा योजना छनौट गर्छन् । सोही बमोजिम छनौट भएका योजनालाई बजेट पुस्तीकामा पारिन्छ । तर, कार्यकारी अधिकृत अधिकारीले विभिन्न वडाहरुमा करिब तीन करोड रुपैयाँ अवैध तरिकाले निकासी गरेको पोखरा उप–महानगर स्रोतले बतायो ।

यस कारण हटाइयो एसएसपी रमेश खरेललाई

करोडमा एआईजीको फुँली
काठमाडौं । राजनीतिक दबाव र रकम चलखेलका कारण रोकीएको डीआईजी बढुवा अन्तत: हुने भएको छ । डीआईजीद्धय प्रतापसिंह थापा र बिरेन्द्रबाबु श्रेष्ठले ३ करोडको व्रिफकेस गृहमन्त्रीलाई बुझाएकै कारण बढुवा सूचीमा परेको स्रोतले बताएको छ । स्रोतका अनुसार गृहमन्त्री बामदेव गौतमले दुई जना डीआईजी आफ्नो भागवण्डामा पाए । सोही कोटामा मोलमोलाई मिलेपछि डीआईजीद्धयको बढुवा हुने भएको हो । सायद, महानगरीय प्रहरी परिसरमा कार्यारत एसएसपी रमेश खरेलले केही दिन पहिले यसै विषयलाई सञ्चारमाध्यामबाट उठाउने प्रयास गरेका थिए ।

बलात्कारीलाई छाडेपछि न्यायाधीश विवादमा

काठमाडौं । दुई बर्ष अगाडि एसएलसी परिक्षा दिन जाँदा सामुहिक बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी १४ बर्षिय बालिकालाई बलात्कार गर्ने बलात्कारीलाई अदालतले छाडेको छ । ती बालिकालाई बलात्कार गर्ने अभियुक्तलाई जिल्ला अदालत बैतडीले १३ बर्ष कैद सजाँयको फैसला सुनाएपछि उनीहरु थुनामा थिए । तर, सर्वोच्चको न्यायाधीश बन्ने दौडमा रहेका न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको सेटिङमा केही हप्ता पहिले जिल्ला अदालतको फैसला उल्टाएर महन्द्रनगर पुनरावेदन अदालतले सफाई दिएको हो । पुनरावदेन अदालत महेन्द्रनगरले पीडित र पीडितका आफन्तले कुनै जानकारी नै नदिई एकतर्फी रुपमा सफाई दिएकोप्रति आपत्ति जनाएका छन् ।

‘राजालाई नागार्जुनबाट नारायणहिटी ल्याउन सकिन्छ’

काठमाडौं, जेष्ठ ११ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विधि पुर्‍याएर राजतन्त्र फर्काउने उद्घोष गरेका छन् । प्रथम रा्िरष्टय महाधिवेशन उद्घाटनमा थापाले भने,‘राजालाई नागार्जुनबाट नारायणहिटी दरबारमा विधि पुर्‍याएर जतिबेला पनि ल्याउन सक्छौं ।’ थापाले राजतन्त्र फर्काउन अब जनताले नै म्यान्डेट दिने बताए । मुलुकमा ८० प्रतिशत सनातन हिन्दू धर्मालम्बी भएको र हिन्दुधर्मलाई मास्ने काम भइरहेको थापाको दावी थियो । अब त्यो रोक्ने आफ्नो पार्टी सक्रिय हुने बताउँदै थापाले भने,‘  धर्मनिरपेक्षता कुनै  हालतमा स्वीकार्य हुन्न् ।’ राप्रपा नेपालको महाधिवेशनमा शुभकामना दिन प्राय: सबै दलका नेता सहभागी थिए ।