नेपाल र बेलायतबीच चिसिएको सम्वन्ध सुधार्दै ह्यारी

काठमाडौं । नेपाल र बेलायतबीच पछिल्लो समयमा विग्रिएको सम्वन्ध सुधार्न बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमण महत्वपूर्ण सुत्र सावित हुन थालेको छ । नेपाली सेनाका कर्णेल कुमार लामालाई मानवअधिकार हनन् गरेको आरोपमा बेलायतमा पक्राउ गरी मुद्दा चलाएपछि विग्रिएको सम्वन्ध सुधार्न नेपाल सरकारलाई समेत मौका मिलेको हो । नेपाल सरकारले कूटनीतिक च्यानलमार्फत कर्णेल लामालाई छाड्न गरिएको आग्रह बेलायत सरकारले २ सय बर्ष पुरानो सम्वन्धलाई वेवास्ता गर्दै नमानेपछि नेपाल र बेलायतबीचको सम्वन्ध चिसिएको थियो । साथै नेपाल भ्रमणमा रहेका राजकुमार ह्यारीले नेपाल बसाईंका क्रममा सामाजिक काममार्फत समग्र नेपालीको ध्यान समेत आफूमा केन्द्रीत गर्न सफल भए।

चलायमान बन्दै ब्यूरो

काठमाडौं । नेपाल प्रहरीको भावी आईजीपीका रुपमा चित्रण गरिएका डीआईजी नवराज सिलवाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा आएसँगै ब्यूरो फेरि चलायमान भएको छ । ब्यूरो प्रमुख बनेर आउने वित्तिकै नक्कली प्रमाणपत्रधारी एमबीबीएस चिकित्सकलाई पक्राउ गर्ने अभियान ‘अपरेशन क्वाक’ चलाएका डीआईजी सिलवालले हरेक मुद्दामा सफलता पाउन थालेका छन् । केहिदिन पहिले पनि उक्त अपरेशन अन्तर्गत नक्कली प्रमाणपत्र पेश गरेर एमबीबीएस अध्ययनपश्यात चिकित्सा पेशा अपनाउन मेडिकल काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्र परिक्षा दिन आएका राजीवकुमार झा र पृथ्वीनारायण यावदलाई पक्राउ गर्न ब्यूरो सफल भएको थियो ।यसअघि पनि उक्त अपरेशनमार्फत ब्यूरोले एक दर्जन बढि ब्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइसकेको छ ।

पोखरा सभागृह तत्काल नचलाउन आदेश

कमल पौडेल अथक /  पोखरा । पुनरावेदन अदालत पोखराले तत्काल पोखरा सभागृह नचलाउन सम्वन्धित पक्षका नाममा अन्तरिम आदेश जारी गरेको छ । अदालतले विपक्षी पोखरा उपमहानगरपालिका कार्यालय, पोखरा उपत्यका नगरविकास समिति र वीपीएस मेनेजमेन्ट कम्पनीवीच भएको सम्झौता विरुद्धको रिटमाथि सोमवार सुनुवाई गर्दै आदेश जारी गरेको हो । पोखरा सभागृहलाई सार्वजनिक निजी साझेदारी पीपीपी मोडेल अनुसार ठेक्का दिने सम्झौता तत्काल यथास्थितिमा राख्न अदालतले भनेको छ । पुनरावेदन अदालत पोखराका न्यायाधीशद्धय सत्यराज गुरुङ र द्धारिकामान जोशीको संयुक्त इजलासले सो आदेश दिएपछि विवादित ठेक्का प्रकरण तत्कालको लागि स्थगित भएको छ ।

ल्यारक्यालमाथि विदेशी महिलालाई र्दुव्यवहार मुद्दा पनि

काठमाडौं । ईन्भेष्टमेन्ट बैंकको लकरमा गोली भेटिएपछि पक्राउ परेका पूर्व सभासद् तथा पूर्व अर्थराज्यमन्त्री ल्यारक्याल लामाको एकपछि अर्को नयाँ पोल खुल्नेक्रम जारी रहेको छ । पैसाकै बलमा सभासद् र अर्थराज्यमन्त्री समेत बन्न सफल भएका लामाले वैदेशिक रोजगारीमा ठगी गरेको आरोप सार्वजनिक भएलगत्तै अर्को काण्ड फेला परेको हो । लामाले लौनचौर मनमोहन अस्पताल जाने बाटोमा रहेको आफ्नो होटलमा विदेशी एक जना महिलालाई हातपात र र्दुव्यवहार गरेको भन्दै महानगरीय प्रहरी बृत्त लौनचौरमा केहि बर्ष पहिला उजुरी परेको थियो । उजुरी गर्ने ति महिला फ्रेन्स नागरिक हुन् ।

आईजीपी अर्यालको भ्रष्टाचारविरुद्ध लेखा समितिमा उजुरी

काठमाडौं । नेपाल प्रहरीको विभिन्न सामान खरिद प्रकरणमा करोडौं घोटला भएको भन्दै उजुरी परेको छ । प्रहरीको सामान खरिदमा भएको भ्रष्टाचार छानविन गरी दोषीउपर कारवाही गरिपाउँ भन्दै एक साताअघि संसदको सार्वजनिक लेखा समितिमा उजुरी परेको हो ।
नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, प्रहरी प्रधान कार्यालय नक्सालका तत्कालिन प्रशासन विभाग प्रमुख एआईजी वीरेन्द्रबाबु श्रेष्ठ र हालका प्रशासन विभाग प्रमुख एआईजी रमेशशेखर वज्राचार्यलगायतको मिलेमतोमा सो अनियमितता भएको उजुरीमा दावी गरिएको छ । प्रहरी संगठनमा कार्यरत कर्मचारीहरुकै दैनिक उपभोग्य तथा लत्ताकपडालगायतका वस्तु खरिद गर्दा ठेकेदारको आर्थिक प्रलोभनमा परी सो अनियमितता गरिएको हो । सार्वजनिक खरिद ऐन २०६३ का प्रावधानलाई नजरअन्दाज गर्दै अत्यधिक मूल्यमा सामान खरिदको निर्णय गरेको उजुरीमा दावी गरिएको छ ।

यसरी लैजादैं छन् डन विदेशमा अवैध सम्पत्ति

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानपछि सम्पत्ति शुद्धीकरण विभागले कुख्यात पाँच जना डनविरुद्ध विशेष अदालतमा मुद्धा दायर गर्‍यो । उक्त घटनापछि अन्य डनहरुको पनि अवैध सम्पत्ति छानविन हुने विश्वास लिइएको थियो । सम्पत्ति शुद्धीकरणको मुद्धा विशेष अदालतमा पेश हुनु त परको कुरा, अहिलेसम्म पहिलो, दोस्रो र तेस्रो श्रेणीमा परेका कथित डनका अवैध सम्पत्तिमाथि छानविन भएको छैन् । जसका कारण नेपालमा अवैध काम गरेर कमाएका कालोधन पछिल्लो समयमा अधिकांश डनहरुले विदेश लैजाने क्रम बढेको छ । नेपालमा डनको उपाधी पाएका एक दर्जन भन्दा गुण्डाहरुले त विदेशमै ब्यापार, ब्यवसाय सुरुवात गरिसकेको स्रोत बताउँछ । नेपाल प्रहरीको खोजी सूचीमा परेका अधिकांशले अहिले छिमेकी मुलुक भारत, श्रीलंका बाहेक अष्ट्रेलिया, दुवई, जापान, यूकेलगायतका मुलुकमा व्यवसाय गरिरहेका छन् ।

प्रहरीलाई दिँदै आएको अनुदान कटौंती गर्ने चेतावनी

काठमाडौं । नेपाल प्रहरीमा मात्र नभई बाहिर समेत सर्वाधिक चर्चा र विवादमा परेको विषय डीआईजी बढुवा प्रकरण तत्काल कार्यान्वयन गर्न विदेशस्थित एक गैरसरकारी मानव अधिकारवादी संस्थाले नेपाल सरकारलाई आग्रह गरेको छ । व्रसेल्सस्थित रहेको ह्यूमन राइर्टस् वीथआउट फ्रन्टियर्स् ईन्टरनेशनलले सर्वोच्च अदालतको निर्णय तत्काल कार्यान्वयन नगरेकोप्रति प्रधानमन्त्रीको कार्यालय, मन्त्रीपरिषद्, गृहमन्त्रालय र प्रहरी मुख्यालयलाई पत्र पठाउँदै ध्यानाकर्षण गराएको हो । सर्वोच्चले नेपाल प्रहरीका चार डीआईजीलाई एआईजीमा बढुवा गर्न दिएको आदेश गृहमन्त्रालय र प्रहरी संगठन प्रमुख आईजीपी उपेन्द्रकान्त अर्यालले कार्यान्वयन नगर्न आलटाल गर्दै आएका छन् । उक्त निर्णय कार्यान्वयन नभएसम्म ह्यूमन राइर्टस् वीथआउट फ्रन्टियर्स् ईन्टरनेशनलले (एचआरडब्लुएफ ) नेपाल प्रहरीले पाउँदै आएको अन्तर्राष्ट्रिय अनुदान समेत पुनरावलोकन गर्न यूरोपियन यूनियन, डीएफआईडी र यूनमा आवद्ध राष्ट्रहरुलाई समेत आग्रह गर्ने भएको छ ।

घुस दिनेलाई विदाई, लिनेको जेलको बसाई

काठमाडौं । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको भनाई आजपनि त्यतिकै मार्मिक र सान्र्दभिक छ–‘घुस लिने र दिने राष्ट्रका शत्रु हुन् । दुवैलाई क्षमा नदिनु ।’ कानुनत: अपराधमा संलग्न जो कोहिलाई पनि अपराध अनुसार सजाँय दिनुपर्छ । प्रसङग हो–सांसद बनाइदिन्छु भन्दै लाखौं ठगी गर्ने नटवरलाल पक्राउ प्रकरण । महानगरीय अपराध महाशाखाले सांसद बनाईदिन्छु भन्दै ठगी गर्ने देवेन्द्र कुमार बर्ताैलालाई पक्राउ गर्‍यो । ठगी गर्ने देवेन्द्रलाई प्रहरीले मुद्दा चलाएपछि अपराध महाशाखाले गर्दै आएको राम्रो काममा अर्को ईंटा थपिएको थियो । समाजमा विभिन्न नकाव लगाएर ठगी गर्ने देवेन्द्र जस्तालाई पक्राउ गरी कानुनी कठघरमा उभ्याईनु पनि पर्छ, अनि मात्र त्यस्ता ठगी गिरोहको मनोबल घट्छ । विगत लामो समयदेखि ठगी गर्दै आएका देवेन्द्रलाई पनि महाशाखाबाट खटिएको प्रहरी टोलीले त्यहि गरेको हो ।

एसएसपीको नजरमा यि नटवरललाल चाहिं व्यापारी ?

काठमाडौं । प्रहरीकै भ्रष्ट हाकिमहरुको पैसा सस्तो ब्याजदरमा लिएर प्रतिदिन लाखको दश हजार रुपैयाँमा जुवाडेलाई लगानी गर्ने दलाल विरेन्द्रलाल श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखाले किन अनुसन्धान गरिरहेको छैन् ? आश्चर्यको विषय बनेको छ । आफूले दिएको रकम फिर्ता गर्न नसके प्रहरी र गुण्डा प्रयोग गरी पीडितको घरजग्गा कब्जा गर्दै आएका विरेन्द्रलालका कारण दर्जनौं घरबारविहिन भएका छन् । उनको अवैध सम्पत्तिको स्रोत छानविन गरियोस् भन्दै राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत उजुरी परेको स्रोत बताउँछ । उदारणीय काम गरेकै कारण चर्चामा रहेका एसएसपीद्धय सर्वेन्द्र खनाल र विक्रमसिंह थापाले विरेन्द्रलाल जस्तो नटवरलाललाई अनुसन्धानमा चासो नदिएपछि ‘दालमे कुछ काला हैं’ उखान जस्तै भएको त हैन् ? आशंका उब्जिएको हो ।

उपभोक्तालाई ग्याँस कार्ड टोक्नु न बोक्नु

पोखरा । ग्याँसको आपूर्ति सहज वनाउने भन्दै पोखरा उपमहानगरपालिका कार्यालयले वितरण गरेको ग्याँस कार्ड अहिले सर्वसाधरणलाई टोक्नु न बोक्नु भएको छ । ग्याँस कार्ड वितरण गर्न अख्तियारी दिने निकाय र लागू गर्न तम्सिएका निकायवीचको असमझदारीका कारण पोखरामा ग्याँस वितरण कार्य धराममा परेको हो । जसका कारण पोखरामा हाल वितरण भइसकेका ५२ हजार ग्याँस कार्डधारी उपभोक्ताहरु अलमलमा परेका हुन् । नगरपालिकाले छापेका १ लाख कार्ड मध्ये ४८ हजार कार्ड वितरण गर्न नै वाँकी नै रहेका छ । कार्ड हातमा पाएका नागरिकले नै ग्याँस नपाएपछि प्रशासन र नगरपालिकाले नै उपभोक्तालाई अभावको वेला झन् समस्यामा पारेको गुनासो आएको हो । कार्ड वितरणको उदेश्य थियो–एउटा उपभोक्ताले निश्चित समयका लागि एउटा ग्याँस सहजै हात पार्न सकोस् ।

महामन्त्रीमा गगन सबैभन्दा बलियो उम्मेदवार

गगनको उम्मेदवारीले परिवारभित्रै रुवाबासी
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवं सांसाद गगनकुमार थापाले १३ औं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेसँगै अन्य आकांक्षीहरुको भने निदहराम भएको छ । विभिन्न माध्यामबाट गरिएको मत सर्वेक्षणले समेत प्यानललाई नभई सक्षम र योग्य ब्यक्तिलाई मत दिने आधार देखिएपछि युवाहरुबीच उम्मेदवारी दिने होड नै सुरुवात भएको छ । विशेषगरी १३ औं महाधिवेशनमा नेपाली काँग्रेसको नेतृत्वप्रति निराश कार्यकर्ताले युवा पुस्तालाई नेतृत्वमा पुर्‍याउन गुट–उपगुटलाई पन्छाउँदै युवाको साथ दिने देखिएपछि अनुभवी नेताहरुलाई भने छटपटी भएको हो ।

भागबण्डाको मनोविज्ञान यो महाधिवेशनबाट समाप्त पार्नुपर्छ : नेता चित्रकार

नेपाली काँग्रेसको १३ औं महाधिवेशन आउन केहिदिन मात्र बाँकी छ । मुलुकमा सबै क्षेत्र चुनाबीमय भएको छ । काँग्रेसको १३ औं महाधिवेशनमा युवाको भूमिका ५० प्रतिशत भन्दा माथि हुनु पर्ने आवाज पनि बाहिर आएको छ । काँग्रेसभित्र जुन ४० र ६० को भागवण्डा छ, त्यो तोड्नकै लागि भएपनि युवा नेतृत्व तहमा आउनुपर्ने आम महाधिवेशन प्रतिनिधिहरुको धारणा छ । महाधिवेशनको सेरोफेरोमा नेपाल विद्यार्थी संघका भूपपूर्व केन्द्रीय उपाध्यक्ष तथा पूर्व सभासद् युवा नेता रामकृष्ण चित्रकारसँग गरिएको कुराकानीका केहि अंश: 

महामन्त्री सिटौंला र गगनबीच चुनाबी तालमेल बन्दै

काठमाडौं । स्वच्छ र पारदर्शी नेतृत्वका लागि ‘सयौ हात’ अभियानमार्फत नेपाली काँग्रेसको १३ औं महाघिवेशनमा ‘गो फण्ड मी’ नामक वेवसाइटबाट सहयोगको याचना गरिरहेका उपसभापति रामचन्द्र पौडेललाई अहिलेसम्म २६ जनाले २ हजार ३ पाउण्ड डलर सहयोग गरिसकेका छन् । आफूलाई सु–शासन र पारदर्शीको मसिया मान्ने पौडेलले आफू भ्रष्टाचारी नभएकै कारण यसअघिको संविधानसभामा काँग्रेसले बहुमत हासिल गरेको जस्तो कुप्रचार गरिरहेका छन् । पटक–पटक पदमा रहँदा आफ्नो कार्यकर्ता मनाउन र आफ्ना कोही बनाउन नसकेका पौडेल आगामी महाधिवेशनका लागि सबैभन्दा कमजोर प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

डीएसपी सिलवालद्धारा पीडितमाथि नै ज्यान मुद्दा दायर, पीडित पक्राउ

काठमाडौं । प्रहरीको आचरण र अनुशासन विपरित काम गरेको भन्दै निलम्बनमा परेका नायब प्रहरी उपरिक्षक (डीएसपी) राजकुमार सिलवालले ब्यापारीलाई फसाउने षड्यन्त्र रच्न थालेका छन् । डीएसपी सिलवाल विरुद्ध पीडितले महानगरीय प्रहरी बृत्त कमल पोखरीमा मदिरा सेवन गरी कर्मचारीमाथि कुटपिट गरेको भन्दै जाहेरी दर्ता गरेपछि उनीमाथि छानविन गरिएको थियो । छानविनपछि दोषी देखिएका डीएसपी सिलवाललाई तत्काल निलम्बन गरिएको थियो । निलम्बनमा परेका डीएसपी सिलवालले गत मंगलबार राती दलबलसहित काठमाडौं प्लाजास्थित रहेको टाइम्स क्लबमा पुगेर मदिरा सेवन पश्यात खाएको विलसमेत नतिरी हिड्न खोज्दा विवाद उत्पन्न भएको थियो ।

किर्ते नागरिकताधारी अमेरिकी दूतावासको कर्मचारी ?

काठमाडौं । अमेरिकन दूतावासमा कार्यरत भारतीय नागरिक उमा घोष उर्फ कर्णको दुई वटा नेपाली किर्ते नागरिकता भएको रहस्य खुलेको छ । उमाले किर्ते नागरिकता लिएको र नेपाली नागरिकता किर्ते गरी लिएकै भरमा कसरी दूतावासको सुरक्षा हुन सक्छ ? भन्दै उनकैविरुद्ध दूतावासमा उजुरी परेपछि यो रहस्य बाहिर आएको थियो । त्यसपछि उमालाई दूतावासले दुई महिनासम्म निलम्बन गरेको थियो । सन् २००३ मा दूतावासको सबैभन्दा तल्लोस्तरको कर्मचारी सुरक्षा गार्डका रुपमा प्रवेश गरेकी उमालाई सुरक्षागार्ड तालिम दिने गुरुबा भने अहिले उमाकै मातहत छन् । उमा जागिर खाएको केही बर्षमा नै एकैपल्ट नबौं तहमा पुगेपछि दूतावासमा कार्यरत कर्मचारी तीनछक भएका हुन् ।