चरीमाथि गोली हान्नेलाई थुन्न अदालतको आदेश

ललितपुर । प्रहरीको ईन्काउण्टरमा मारिएका दिनेश अधिकारी उर्फ ‘चरी’लाई गत बर्ष गोली प्रहार गर्ने राधे भण्डारी र समिरमान बस्नेतलाई पुनरावेदन अदालत पाटनले थुनामा राख्न आदेश दिएको छ । पुनरावेदन अदालतले ज्यानमार्ने उद्देश्यले गोली प्रहार भएको भन्दै थुनामा राख्ने आदेश दिएको हो । तर, भण्डारी र बस्नेतलाई सो अभियोगमा जिल्ला अदालत काठमाडौंले घरौंटीमा छाडेको थियो । जिल्ला अदालत काठमाडौंले घरौंटीमा छाड्न दिएको आदेशविरुद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन अदालत गएको थियो । पुनरावेदन अदालतले जिल्लाको आदेश बदर गर्दै थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न गत महिना आदेश दिएको थियो । ०७० असार २१ मा धादिङबाट राजधानी फर्किने क्रममा चरीमाथि बाफलका गुण्डा समिरमान बस्नेत र राधेको समूहले ज्यानमार्ने उद्देश्यसहित गोली प्रहार गरेको थियो ।

एकलाई इन्काउण्टर, अर्कोलाई चौतारी

मोरङ । राजधानीमा कुख्यात डन दिनेश अधिकारी उर्फ ‘चरी’लाई प्रहरीले इन्काउण्टर गरेकै दिन पक्राउ परेका अर्का कुख्यात डन अभिषेक गिरीको पक्राउले भने त्यति चर्चा कमाउन सकेन् । जसरी नेकपा एमालेमा आवद्ध रहेर चरीले डनगिरी चलाईरहेका थिए, त्यसरी नै नेपाल काँग्रेसँग आवद्ध भएर कुख्यात डन अभिषेक गिरीले पूर्वमा डनगिरी गरिरहेका थिए ।  फरक यतिमात्र थियो कि अभिषेकलाई प्रहरीले संगिन अपराधमा पक्राउ गरेर मुद्दा चलायो भने त्यस्तै प्रकृतिको अपराधमा चरीलाई इन्काउण्टर गरे ।  सम्पत्ति शुद्धीकरण मुद्दामा तारिख खेपिरहेका पूर्वका अर्का डन अभिषेक पुन: पक्राउ परेका छन् । केटीको प्रयोग गरी अपहरण तथा शरिर बन्धक बनाएर रकम असुलेको आरोपमा गिरीलाई महानगरीय प्रहरी परिसर ललितपुर प्रहरीले पक्राउ गरेको हो । उनले काठमाडौं जिल्ला महादेब गाविस वडा नं. ४ थानकोट बस्ने अच्युतप्रसाद रेग्मीलाई साउन १४ गते अपहरण गरेर रकम असुली गरेपछि पक्राउ गरेको प्रहरी जनाएको छ ।

गाडीभित्रै पूर्व सुन्दरीले जोशमा होस गुमाउँदा......

काठमाडौं । जवानीमा हल्काफुल्का जोश हुनु सामान्य हो । तर, सेलिब्रेटी भइसकेपछि जवानीलाई ठिक ठाँउमा विसाउन पनि जान्नु पर्छ । उम्लिएको जवानी ठीक ठाँउमा विसाउन नसक्दा कान्तिपुर टेलिभिजनका दुई मनोरञ्जन कार्यक्रम प्रस्तोता जोडी प्रहरी फन्दामा मात्र परेनन्,उनीहरुले त्यही लाजले जागिर नै छाड्नुपरेको छ ।  अचेल कान्तिपुर टिभीमा जोशमा होस गुमाउँदाको कहानी हिन्दी फिल्मकाृ कहानी घरघरकी जस्तै चर्चित बनेको छ ।  कान्तिपुर टेलिभिजनको कल कान्तिपुरलगायत मनोरञ्जनात्मक कार्यक्रम प्रस्तोता सुरज गिरी र  सहना बज्राचार्य केही दिनअघि चितवनको एक सडकमा गाडीभित्रै जवानी विसाइरहेका बेला प्रहरीकाृ पेट्रोलिङ टोलीको फन्दामा परे । घटना राति ३ बजेतिरको थियो ।  सुरजको नीजि गाडीमा उनीहरु आपसमा जोडिएको अवस्थामा भेटिएका थिए । 

जतादेख्यो माल, त्यतै थापिन्छ जाल

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख आईजीपी मोती गुरुङको कार्यकाल नसकिँदै विभाग प्रमुख बनाइएका जितबहादुर केसीको कार्य क्षमतामाथि नै प्रश्नचिन्ह उठेको छ । गुप्तचर विभागमा नेपाल प्रहरी वा सशस्त्र प्रहरीबाट प्रमुख बनाउने गृहकार्य चलिरहेकै बेला हतारहतार केसीलाई विभागको प्रमुख बनाइएको थियो । केसीलाई प्रमुख बनाइएपछि पनि राम्रो काम हुन नसकेको, आफूमातहतलाई परिचालन गर्न नसकेको, राम्रो काम गर्ने भन्दा चाकडी र गुलामी गर्नेलाई धमाधम सुगम र राम्रो ठाँउमा पठाउन थालिएको भन्दै विभागभित्रै उनको आलोचना हुन थालेको हो । उता गुप्तचर विभागमा रिक्त दुई एआईजी पदका लागि बढुवाको चलखेल सुरु भएको छ । रिक्त दुई एआईजी पदका लागि पाँच जना डीआईजी प्रतिस्पर्धामा रहेका छन् ।

डन चरी मारिए, अर्का प्रेमिकासहित पक्राउ

काठमाडौं । प्रहरीको भिडन्तमा गुण्डाका नाईके दिनेश अधिकारी उर्फ चरी मारिएका छन् भने ब्यापारिलाई अपहरण गरी फिरौंती असुलेको भन्दै अर्का डन अभिषेक गिरी आफ्नो प्रमेकासहित  पक्राउ परेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्यूत प्रसाद रेग्मीलाई युवतीको प्रयोग गरी अपहरण गरेर फिरौती असुलेको आरोपमा  गिरी पक्राउ परेका हुन् ।

डन गोर्खाली पनि सुन तस्करीमा !

काठमाडौ। राजधानीमा गुमनाम तरिकाले जीवन बिताईरहेका एक ताकाका कुख्यात गुण्डा राजु गोर्खाली भित्रभित्रै सुन तस्करीमा लागेको रहस्य खुलेको छ ।  गत बिहीवार अन्तर्राष्ट्रिय बिमानस्थलमा ९ सय ९९ ग्राम सुनसहित पक्राउ परेका भारतीय नागरिक गोविन्द मिश्रलाई धरौटीमा छुटाउन गोर्खाली सक्रिय भएपछि सुन तस्करीमा गोर्खालीको संलग्नता खुलेको हो । स्रोतका अनसार महानगरीय प्रहरी आयुक्त कार्यालयमा डीआईजी बिज्ञानराज शर्माको सरुवा भएपछि गुण्डा गोर्खालीले भारतीय सुन तस्करबाट सेटिङ मिलाउने जिम्मेवारी पाएका थिए । गोर्खाली र डीआईजी शर्मा पहिलेदेखि नै ब्यवसायीक साझेदारीमा काम गर्ने भएका कारण अन्तर्राष्ट्रिय बिमानस्थलमा समेत उनैको पहलमा सेटिङ मिलाइएको हो । भारतीय सुन तस्कर र गोर्खालीको समूहले ल्याएको उक्त सुन गत साता बिमानस्थल भन्सारले पक्राउ गरेको थियो । अहिले सुन तस्करी गर्दै गर्दा पक्राउ परेका तिनै सुन तस्करका भरियालाई छुटाउन गोर्खाली ज्यान फालेर लागेका छन् ।

आखिर के चाहान्छन् मोदी ?

रोशन पाण्डे / काठमाडौं । भारतीय कांग्रेस सत्ताले विगारेको छिमेकी मुलुकसागको सम्बन्ध सुधारको बाटोमा उक्लिएका छन्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । सार्कका राष्ट्रहरुसाग सम्बन्ध जोड्नका लागि आफ्नो शपथ कार्यक्रममा निम्तो दिएर आठै देशका सरकार र राष्ट्रप्रमुखसाग साझेदारी सम्बन्ध कायम राख्ने सुरुआत गरेका मोदीले सार्कबाट नै आफ्नो विदेश भ्रमण सुरु गरेका थिए । अझ, उनको सार्कमा पनि नेपालसागको सम्बन्धलाई विशेष चासोका रुपमा हेरिएको थियो । भुटानको संसदमा पनि नेपालको चर्चा गरेका मोदी लगत्तै आइतबार नेपालमा उत्रिए । र, उनले नेपालमा आफ्नो जादुको वर्षा गरेर सवैलाई एकैतिर केन्द्रित बनाए ।

मोदी मुडमा मुलुक, विपत्तिमा रमिते सरकार

काठमाडौं । साउथ एसियाकै प्रभावशाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई विशेष प्राथमिकता दिने नाममा सरकारले मुलुकमाथि परेको संकटलाई भने नजरअन्दाज गरेको छ । सुनकोसीको पहाडै खसेर आएको पहिरोमा परी तीन दर्जन भन्दा बढीको मृत्यु भइसकेको छ भने एक सय ५५ जनाभन्दा बढी बेपत्ता भइरहेका छन् । भारतीय प्रधानमन्त्री मोदीले संसदमा दिएको मन्त्रमुग्ध भाषणका कारण मुलुकमाथि परेको विपत्ती नै सरकारले भुलेको छ । अधिकांश सभासद्हरु मोदीको शब्दशब्दमा तालि बजार्न संविधानसभामा ब्यस्त देखिए । उता प्राकृतिक प्रकोपमा परि बेपत्ता भएका सयौं नागरिकहरुको खोजी गर्नु त परैजाओस् विपतमा परेका नागरिकहरुलाई राहत समेत उपलब्ध गराउन सकेको छैन् ।

मिस टिनको उपाधि खोटाङकी ज्योतिलाई

काठमाडौं । खोटाङकी १७ वर्षीया ज्योति क्षेत्रीले ‘मिस टिन आइडल २०१४’ को उपाधि चुम्न सफल भएकी छन् । २२ प्रतिष्पर्धीलाई पछि पार्दै ज्योतिले उपाधि चुमेकी हुन् । उपाधिसँगै ज्योतिले २५ हजार रुपैयाँ पुरस्कार समेत हात पारिन् । एक्सन इन्टरटेन्मेन्ट प्रालीको आयोजनामा शुक्रबार साँझ राजधानीमा आयोजित प्रतियोगितामा काभ्रेकी १७ वर्षीया साइरिला श्रेष्ठ फष्ट रनरअपर र र वीरगञ्जकी १८ वर्षीया प्रियंका मानन्धर सेकेन्ड रनरअप घोषित भएका थिए । यी दुबैले उपाधिका साथमा बिभिन्न उपहार पनि प्राप्त गरका छन् ।

राजनीति गर्ने थलो बन्दै छ प्रशासन

काठमाडौं । नागरिकलाई सेवा दिन निजामती सेवामा प्रवेश गरेका राष्ट्रसेवक कर्मचारीले आफ्नै हितको मात्र चर्चा गर्न थालेपछि सेवाग्राहीको हित कसरी होला ? जनताले तिरेको करवाट पालिएका कर्मचारीले जनतालाई दिनुपर्ने सेवा भन्दा आफूले लिनुपर्ने सुविधाको वारेमा ध्यान दिएपछि सेवाग्राहीले हित त परै जाओस् आधारभूत सेवा पनि पाउन छाडेका छन् । कर्मचारीका गतिविधिले सरकारी कामकाज अस्तव्यस्त भएको छ भने कर्मचारी प्रशासन राजनीति गर्ने थलो बन्दै गएको छ । कर्मचारी संगठनहरले आ–आफ्नो पेशागत हकहितको लागि कामकाज नै ठप्प पारेर प्रशासनमा राजनीतिक गतिविधि बढाउन थालेका छन् । कर्मचारीको सरकार हुँदा भन्दा राजनीतिक दलको सरकारमा उनीहरुको सौदावाजी बढ्ने गरेको पाइन्छ । आफैले भनेको स्थानमा सरुवा गराउन र अन्य सुविधा लिन कर्मचारीहरु दिनहुँ मन्त्रीकहाा धाउने गरेका छन् ।

राजधानीमा विदेशी यौनपिपासुको विगविगी

काठमाडौं । सडक बालबालिकालाई सहयोग गर्ने नाममा विदेशी यौनपिपासुहरुले यौनशोषण र अप्राकृतिक मैथुन गराउने गरेको खुलासा भएको छ । नेपाल प्रहरीले विदेशी नागरिकलाई कम चासो दिने कारण दिनानुदिन यस्ता अवैध र अनैतिक काम फस्टाउन थालेको हो । बर्षौदेखि यस्ता कामहरु हुँदै आएपनि पछिल्ला बर्षहरुमा प्रहरीले कम चासो दिनु र अध्यागमन विभागले नेपालमा ‘ओभर स्टे’ गर्ने विदेशी नागरिकलाई वेवास्ता गर्न थालेपछि उनीहरु बढी सक्रिय हुन थालेका हुन् । नेपालमा अवैध काम गरेर बसेका त्यस्ता विदेशी नागरिकहरुलाई अध्यागमन विभागले खोजी नगर्ने र पक्राउ गरि फिर्ता नपठाउने गरेका कारण यस्ता घटनाहरु दिनप्रतिदिन बढ्दै गइरहेका छन् । तर, अध्यागनम विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख हिमनाथ दवाडी भने यो कुरा मान्न तयार छैनन् ।

प्रचण्डलाई हाईहाई, गाली जति बाबुरामलाई !

काठमाडौं । आन्तरिक विवाद मिलाउनका लागि समिति गठन गरी जिल्ला दौडाहामा हिड्नुपर्ने बेलामा नेता बाबुराम भट्टराई वैकल्पिक नयाँ शक्तिको बहसमा मात्र सरिक भएको भन्दै एमाओवादीमा उनलाई गाली गर्ने बढेका छन् । अझ समस्या सुल्झाउने बेलामा बाबुराम पक्षले विभिन्न जिल्लाहरुमा पार्टी फुटाउने काम गरेको भन्दै एमाओवादी प्रचण्ड खेमाका नेताहरुले बाबुरामलाई सराप्न छाडेका छैनन् । पार्टीभित्र समस्या कायम राखी, बहस पनि नगरीकन छोरा प्रकाशको सुँगुर फर्मलगायतका अन्य काममा व्यस्त रहेका प्रचण्डलाई कान फुक्ने कम छैनन् । आइतबार मात्र नेता दिनानाथ शर्माले पार्टी विभाजनको क्रम सुरु मात्र होइन निक्कै अघि बढिसकेको भन्दै प्रचण्डको कान मात्र फुकेनन्, बाबुरामलाई सम्झाउनुपर्ने बेला पनि आएको बताए ।

मिचिगन च्याप्टरको अध्यक्षमा बस्याल

मिचिगन । नेपाली जनसम्पर्क समितिको मिचिगन च्याप्टरको तेस्रो महाधिवशेनले नयाँ नेतृत्व चयन गरेको छ । एक सय भन्दा बढीको उपस्थितीमा सम्पन्न सो महाधिवेशनले रामप्रसाद बस्यालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । बरिष्ठ उपाध्यक्षमा जगनलाल श्रेष्ठ, उपाध्यक्षमा अमृत भट्टराई, मधुकर रजौरिया, महासचिवमा घनश्याम पाण्डेय, सचिवमा प्रकाश भट्टराई, कोषाध्यक्षमा बिनोदचन्द्र घिमिरे सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा तारालक्ष्मी बादे श्रेष्ठ, सुधा भट्टराई, लोचन श्रेष्ठ, पूण्य पराजुली, निरज कार्की, सरोज ढकाल, खिमलाल घिमिरे, बिष्णु बस्याल, लक्ष्मण पाण्डे र श्रीधर पाण्डे चयन भएका छन् ।

गुप्तचर संस्था ‘रअ’को सक्रियता विना नै समझदारी

काठमाडौं । भारतले अन्य मुलुकसँग गर्ने व्यवहारमा त्यहाँको गुप्तचर संस्था ‘रअ’को सक्रियता हुने गरेको छ । दक्षिण एसीया र अन्य मुलुकमा पनि ‘रअ’का अधिकारीहरुको प्रवेशविना कुनै वैठक हुने गरेको थिएन । अमेरिकी मोडलमा भारतको सरकार संयन्त्र चलिरहे पनि यसपटकदेखि परिवर्तन गरिएको छ । भारतमा कांग्रेसको सरकार रहेका बेला रअको हालीमुहाली थियो । विदेश मामिलामा पनि रअ हावी भएको थियो । भारतीय जनता पार्टीले गत लोकसभा चुनावमा बहुमत ल्याएर सरकार बनाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नीतिमा परिवर्तन ल्याएका छन् । रअलाई आफैंले हेर्नेगरी उनले संयन्त्र खडा गरे र विदेश मामिलामा जासुसी संस्थाको प्रतिनिधित्व कमजोर बनाएर राजनीतिक सहभागितालाई प्रभावकारी बनाएका छन् ।

यौनपिपासु विदेशी नागरिक नेपाल प्रहरीको फन्दामा

कास्की । केहीदिन पहिले पोखरा घुम्न गएका फ्रान्सेली नागरिक क्रिस्टोफर रोबर्ट ओलिभरलाई १४ वर्षीय एक बालकसँग अप्राकृतिक मैथुन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । ओलिभरले ति बालकलाई विभिन्न प्रलोभन देखाई आफ्नो कोठामा बोलाएर अप्राकृतिक मैथुन गरेको प्रहरीले जनाएको छ । अभियुक्तले यसअघि पनि यस्ता क्रियाकलाप गर्दै आएको प्रहरीलाई दिएको बयानमा उल्लेख गरेका छन् । कास्की जिल्ला प्रहरीका एसपी बसन्त लामाले विदेशी नागरिक ओलिभरलाई लामो समयसम्मको ‘फलोअप’ पछि पक्राउ गर्न सफल भएको बताए । लामाका अनुसार ओलिभरले लामो समयदेखि नेपालमा बसेर सडक बालबालिकालाई खाना खुवाउने, होटलमा लैजाने, नुहाउने र अप्राकृतिय मैथुन गर्न लगाउने कार्य गदै आएका थिए ।