Friday, 20 February 2009 15:29

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तन नचाहने तत्वका कारण मुलुकमा जनताले चाहेजस्तो रुपान्तरण हुन सक्छ कि सक्दैन भन्ने विषय अन्योल रहेको बताएका छन्। राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रको प्रथम राष्ट्रिय महाधिवेशनको कार्यक्रममा प्रधानमन्त्री दाहालले भने― “जनताको परिवर्तनलाई नस्वीकार्ने निरङ्कुश प्रवृत्ति हावी भएसम्म आमूल परिवर्तन असम्भव छ।”
वर्तमान शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुग्न नदिई बीचैमा विचलित पार्न खोजेकाले नेपाली जनताको मुक्ति असम्भव हुने हो कि आशङ्का उब्जिएको दाहालले बताए। आफू सत्तामा पुगेपछि जतिसक्दो चाँडो प्रगति र विकासको ढोका खोल्न चाहेको बताउदैं प्रच48ड सरकारमा गएपछि देशको विकास र जनचाहनाको सम्वोधन हुन्छ भन्ने आशा सोचेजस्तो नभएको बताए।
Please login to post comments or replies.
Working....
Finished
Failed
Comments