Home News Technology १ सय ३८ मिलियन डलरमा डी टू हकआई बिक्री

१ सय ३८ मिलियन डलरमा डी टू हकआई बिक्री

काठमाडौं। अमेरिकास्थित बोस्टन राज्यको वाल्थम म्याचुसेसरमा दर्ता भई नेपालको विशालनगरमा डेभलपमेन्ट शाखा कार्यालय रहेको डी टू हकआई पव्लिक लिमिटेड कम्पनी १ सय ३८ मिलियन डलरमा बिक्री भएको छ। डी टू हकआई कम्पनीलाई मेडिकल एनालाइसिस क्षेत्रमा लिडिङ कम्पनीको रुपमा मानिने अमेरिकाको भेरिक्स इन्कर्पोरेट लिमिटेडले खरीद गरेको हो। उक्त कम्पनीको ३० प्रतिशत शेयर सूचना प्रविधिका ज्ञाता मानिएका डा. रुद्र पाण्डेको रहेको थियो भने अर्को ३० प्रतिशत शेयर डा. क्रिस क्राइडरका नाममा रहेको थियो। बाँकी कम्पनीको ४० प्रतिशत शेयर अमेरिकन सर्वसाधारण शेयर लगानीकर्ताको नाममा रहेको थियो। नेपालमा डेभलपमेन्ट शाखा कार्यालय रहेको डी टू हकआई सर्भिसेज प्रालि समेत भेरिक्सको नाममा गएको छ। डी टू हकआई अमेरिकाको सूचना प्रविधि सम्बन्धि कम्पनीहरुको स्टक एक्सचेन्ज नासदाक्यूमा  दर्ता रहेको छ।  कम्पनीको नेपाल शाखा कार्यालयमा मात्रै सयौंले रोजगारी पाइरहेका छन् भने प्रतिव्यक्ति न्यूनतम तलव ४० हजार रहेको छ। डी टू हकआई नेपालमा शाखा कार्यालय खोलेर अधिकतम रोजगारी दिने कम्पनी मात्र नभएर पारिश्रमिक समेत विदेशी विज्ञहरु सरह दिने कम्पनीका रुपमा सो कम्पनी परिचित रहेको छ।
के हो डी टू हकआई
डी टू हकआर्ई इन्करपोरेट लिमिटेड कम्पनी दुई जना व्यक्तिको नामबाट खोलिएको कम्पनी हो। डी टू हकआर्ई भन्नाले दुइजना डाक्टर मिलेर खोलिएको कम्पनी भन्ने बुझिन्छ। डी टू हकआई नाममा नै उक्त कम्पनीको सवै कुरा लुकेको आइटी इन्जिनियरहरु बताउछन्। डी टू भन्नाले दुइजना डाक्टरहरु मिलेर बाजको आँखा बनाएको बुझिन्छ। उनीहरुले निर्माण गरेको डी टू एक्सप्लोर भन्ने सफ्टवेयरको अमेरिकामा निकै माग छ। उक्त सफ्टवेयरको काम स्वास्थ्य क्षेत्रमा भएका कमी कमजोरीहरुलाई केलाएर समस्याको समाधान गर्ने हो। इन्जिनियरहरुकाअनुसार त्यसै कारणले होला, सो कम्पनीको हालै मेडिकल विश्लेषणको क्षेत्रमा काम गर्ने अझ ठूलो कम्पनी अमेरिकाको भेरिक्सले खरीद गरेको हो। डी टू मा अमेरिकी डाक्टर क्रिस क्राइडर र नेपाली डाक्टर रुद्र पाण्डे छन्।  हालसालै शेयर खरीद विक्रिबाट मात्र डा. पाण्डेले करिव ३ अर्व ६६ करोड नेपाली रुपैया कमाएका छन्। ११ वर्ष अघि पुल्चोकको एक ग्यारेजमा एक कम्प्यूटर र ४ जना स्टाफ राखेर आइटी एक्सपर्ट नेपाल भन्ने कम्पनी चलाएका रुद्र पाण्डे आज आफ्नो वौद्धिक क्षमता र लगनशीलताकै कारण अर्बपति बन्न पुगेको त्यहाकार्यरत इन्जिनियरहरु बताउछन्। उक्त कम्पनीमा नेपालका ५०० जना जति आइटि इन्जिनियरहरुले विदेशी विज्ञ सरह नै पारिश्रमिक लगायत विभिन्न सुविधा पाउदै आएका छन्। डा. पाण्डेले सरकारलाई शेयर खरीद विक्रीबाट कमाएको पैसाबाट कति कर बुझाए खुल्न भने सकेको छैन।

 

Comments

avatar muji
+1
 
 
thhuiyaa
Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

ABC Videos

Timi aaja bholi
Rating:
Views:2458
Cham cham
Rating:
Views:1724

idocall_banner