पोखरा २ असोज विवाह पुर्वको सेक्स नेपाली समाजले अझैसम्म पचाउन सकेको छैन। तर पर्यटकिय नगरी पोखरामा विवाह पुर्व यौन सम्वन्ध राख्ने युवतीहरुको संख्या उल्लेखनिय रुपमा वढेको छ। विवाह पुर्व आफ्नो प्रेमीसंग यौन संपर्क राख्ने र गर्भपतन गराउनेमा अधिकांस १६ देखि २१ वर्ष उमेरका किसोरीहरुको संख्या वढी रहेको छ। प्रेमीसंगको यौन सम्पर्क पछि गर्भपतन गराउन आउनेको संख्या विगतको तुलनामा आर्थिक वर्ष २०६४/०६५मा २० प्रतिशत १० देखि १२ कक्षामा अध्ययन गर्ने किसोरीहरु म्ाात्र रहेको नेपाल परिवार नियोजन संघ काश्किले जनाएको छ।
आर्थिक वर्ष २०६४/६५मा आठ सय ३७ जनाले सुरक्षीत गर्भपतन गराएको संघका काश्की प्रमुख उमेस पराजुलीले एवीसीलाई वताए। 'विवाह पुर्व गर्भपतन गराउने किसोरीहरुको संख्या वढ्दो छ' , उनले वताए। उनीहरु प्रेमीसंगको असुरक्षीत यौन संपर्क राखेर गर्भ रहेपछि प्रेमीसंगै गर्भपतन गराउन आउने गरेको पराजुली वताउछन। विवाह पुर्वको सम्वन्धलाई महापाप, अवैद्य र समाजले अमान्य मानेेपनि नेपाली समाजमा यसले कानुनी मान्यता पाएपछि गर्भपतन गराउनेको संख्या उल्लेखनिय रुपमा वृद्धि भएको हो। स्थानीय अभिभावकहरु भ्ाने केटाकेटीहरुको यस्तो खालको गैर जिम्मेवार र उछ्रीङखल क्रियाकलापवाट चिन्तित हुन थालेका छन। २०५९ सालमा गर्भपतन सम्वन्धि ऐन संसोधन विधेयक आएकोमा २०६१ सालमा लागु भएपछि नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको हो। सो विधेयक पारित भएपछि १६ वर्ष भन्दा वढी उमेरका किसोरीहरुले वैधानिक रुपमा नैं गर्भपतन गराउन पाएका छन। अझ विवाहित महिलाले त आफ्नो श्रीमानलाई समेत नसोधी तीन महिना भित्रको गर्भ तुहाउन सक्ने अधिकार कानुनले दिएको छ। त्यसैगरी, पोखरा मेरी स्टोप्स शाखाले सन् २००७ मा तीन हजार सात सय ६४ जनाको सुरक्षीत गर्भपतन गराएको थियो।
–पोखरावाट उर्मिला रानाभाट





Comments