Home News Politics नायिका प्रधानलाई करणी गर्न खोजेपछि ......

नायिका प्रधानलाई करणी गर्न खोजेपछि ......

mamtaकाठमाडौं। नव नायिका ममता प्रधानलाई जवजस्ती करणी गर्न खोज्ने निर्माता संजय कुटु माथि महानगरीय प्रहरी परिसर हनुमान ढोकामा उजुरी परेको छ। 'राज्य' भन्ने फिल्ममा नायिकाको भूमिका निभाइ सकेकी पीडित प्रधानले भदौ १ गते उनी माथि निर्माता संजय कुटुले जवजस्ती करणी गर्न खोजेको भन्दै गत विहीबार परिसरमा उजुरी दिए पछि सो कुरा बाहिर आएको हो। उजुरीमा जवजस्ती करणी गर्न खोज्ने निर्माता कुटुलाई बचाउन भदौ २ गते अर्का निर्देशक कृष्ण चापागाई मिलाउन आएको कुरा समेत उल्लेख  छ। उजुरीमा भनिएको छ –'निर्माता कृष्ण चापागाई जे भयो–भयो अब मिलेर जानुपर्छ भन्दै पुन करणीको प्रयास गरे।'  पछि निर्माताद्धायले घटना सार्वजनिक गरे ठिक नहुने भन्दै मानसिक तनाव दिन थालेपछि बाध्य भएर ममताले परिसरमा उजुरी हालेकी बताइन। उजुरीमा अगाडि भनिएको छ –'जवजस्ती करणी गर्न खोज्नेलाई कानुनी कारबाही गरी सुरक्षा पाऊ।' उक्त उजुरी महिला सेलमा समेत पुगेको छ भने मुद्दाको अन्तिम रुप दिन सभासद् तथा अधिवक्ता सपन मल्लले अध्ययन गरीरहेकी छिन्। 

 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

ABC Videos

Sannani timi lai
Rating:
Views:2271
Timi aaja bholi
Rating:
Views:2459

idocall_banner