काठमाडौँ।एसियाको सेन्टपिटर्सवर्गमा असोज २१ देखि २४ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको ७७औं महासभामा भाग लिन प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ्ग त्यसतर्फ प्रस्थान गर्नुभयो।त्यसतर्फ प्रस्थान गर्नुअघि प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ्गले मानव बेचबिखन, बालयौन अपराध, लागूऔषध, साईबर क्राइम, अवैध अध्यागमन, इन्टरलेक्चुअर प्रप्रटी क्राइम लगाएतका अपराधको नियन्त्रण तथा रोकथामका उपायहरुका बिषय महासभामा छलफल हुने कुरा बताउनुभयो।
महासभामा विभिन्न देशका प्रहरी प्रमुख तथा प्रतिनिधिबीच औपचारिक तथा अनौपचारिक छलफल समेत हुने हँदा यस महासभाबाट नेपालले भरपुर फाइदा लिन सकिने बिचार व्यक्त गर्नुहँदै प्रहरी महानिरीक्षक गुरुङ्गले आफुले यसलाई एउटा अवसरको रुपमा लिएको कुरा बताउनुभयो।





Comments