काठमाण्डौ । स्पेश टाइम् नेटवर्क प्रालिका अध्यक्ष जमिम शाहको हत्यामा अर्न्तराष्ट्रिय आपराधीक समुहको संलग्नता भएको प्रहरीले निष्कर्ष निकालेको छ।
हिजो लाजिम्पाटमा गोली प्रहारबाट हत्या गरिएका शाहको प्रकृती र हालसम्म् हुलियाका आधारमा प्रहरीले अर्न्तराष्ट्रिय अपराधको संलग्नता रहेको निष्कर्ष निकालेको हो। गृह मन्त्रालयमा बिहान बसेको सुरक्षा अंगका प्रमुख र अपराध अनुसन्धान अधिकृतहरुको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो। बैठकपछि सन्चारकर्मीसंग कुरा गर्दै काठमाडौका महानगरीय प्रहरी प्रमुख गणेश केसीले प्रहरी अपराधीको नजिक पुगिसकेको दावी समेत गरेका छन्। प्रहरीले घटनाको अनुन्धान तिब्र बनाएको भन्दै उनले अपधारीहरु लामो समय लुकेर नबस्ने बताए। बैठकमा गृहराज्यमन्त्री मोहम्मद रिजवन अन्सारी सुरक्षा अधिकृत तथा उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतका सुरक्षा प्रमुखहरुको सहभागिता थियो।
Comments