काठमाण्डौ । नयाँ संविधानको खाका तयार पार्ने जिम्वेवारी पाएको संविधान सभा अर्न्तगतको संवैधानीक समितिले आफुलाई दिईएको समय अपुग भएको भन्दै समय थप गर्नका लागि आज प्रस्ताव गरेको छ।
सिंहदरबारमा बसेको संवैधानीक समितिको बैठकले संविधानको खाका तराय पार्न दिएको समय अपुग हुने जनाएको हो। माघ २१ गते खाका दिने समय सक्किनै लाग्दा समितिले समय थप गर्नका लागि संविधान सभाका अध्यक्ष संग आग्रह गर्ने निर्णय गरेको जनमुक्ति पार्टीका सभासद एमएस थापाले जानकारी दिएका छन्। माघको एक्काईस गते सम्म संविधान सभाका बिषयगत समितिहरुका प्रतिबेदनलाई अध्यन गरेर नयाँ संबिधानको खाका तयार पार्नु पर्ने जिम्बेवारी समितिलाई दिएको थियो। समितिले कम्तीमा ढेड महिना सम्म समय थप गर्न सिफारी गरेको दलित जनजाती पार्टीका अध्यक्ष बिश्वयन्द्र पाश्वानले जानकारी दिए। समितिले समय थप गर्नका लागि आज निर्णय गरेपछि सभासद पाश्वान सहित केही सभासदले बिरोध समेत गरेको बताईएको छ। त्यसै गरेर समितिको बैठकले संविधानको मस्यौदा तयार पार्न माओबादी सभासद वर्षामान पुनको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ। समितिमा सभासदहरु सरीता गिरि, सपना मल्ल प्रधान, रत्ना सेरचन, नारायणकाजी श्रेष्ठ, डाक्टर प्रकाशचन्द्र लोहनी लगायतका रहेका छन।





Comments