Home News Technology गुणस्तर सुधार गर्न लेखाको टेलिकमलाई निर्देशन

गुणस्तर सुधार गर्न लेखाको टेलिकमलाई निर्देशन

काठमाण्डौ । नेपाल टेलिकमले लामो समयदेखि गुणस्तरको विषयलाई लिएर आलोचना खेपीरहेका समयमा गुणस्तरीय सेवाको प्रत्याभुत हुने गरी कार्य योजना बनाई पेश गर्न संसद  अर्न्तगतको सार्वजनिक लेखा समितिले सोमबार निर्देशन दिएको छ। समितिको सिंहदरबारमा बसेको बैठकले टेलिकमलाई १५ दिन भित्र त्यस्तो कार्ययोजना बनाउन निर्देशन दिएको हो। बैठकमा उपस्थित नेपाल टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंहलाई संस्थानको सेवा सुविधामा सुधार गर्न निर्देशन दिएको समितिका सभापति रामकृष्ण यादवले जानकारी दिएका छन्। समितिमा उपस्थित प्रबन्ध निर्देशक सिंहले लोडसेडिङका कारण देखाइ सेवा प्रभावकारी हुन नसकेको स्वीकार गर्दै सेवा प्रभावकारी बनाउन टेलिकम प्रयासरत रहेको जानकारी दिएका छन्।  बैठकमा रबिन्द्र अधिकारी, दिपकुमार उपाध्याय, धनराज गुरुङ, अनिलकुमार झा लगायतका सभासदले टेलिकमको गुणस्तरीय सेवा र प्रभावकारीताका सम्बन्धमा प्रश्न उठाउदै नाफा मुखि भन्दा सेवा प्रदायक संस्थाको रुपमा बिकास गर्न सुझाव दिएका थिए। बैठकमा नागरीक लगानी कोषलाई पनि लगानीको क्षेत्रको पहिचान गरी बिश्वसनिय लगानीको योजना सहित आगाडी बढ्न सुझाव दिएको छ। अन्य संस्थानहरुको हकमा समितिले बिशेष याजना तर्जुमा गरेर जान निर्देशन गरेको सभापति यादवले जानकारी दिए। त्यसैगरेर लेखाको आजको बैठकमा नेपाल ईन्जीनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र लिमिटेडलाई बन्द गर्न सभासदले सुझाव दिएका थिए। केन्द्र घाटामा गएको भन्दै खारेज गर्न सभासदले आग्रह गरेको जनाएका थिए।  



 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

ABC Videos

Kabhi kabhi Aditi
Rating:
Views:1696
Aau na Soltini
Rating:
Views:2222

idocall_banner