Home News Short News तीन दलको बैठक

तीन दलको बैठक

काठमाण्डौ । नयाँ संविधानमा राख्ने बिषय बस्तु र सुझावहरुलाई सहमतिका आधारमा अगाडि बढाउने उदेश्यका साथ छलफलमा जुटेका प्रमुख ती दलले छलफल गर्दै छन्। सिंहदरबारमा आज बस्ने प्रमुख तीन दल एकिकृत माओवादी, काँग्रेस र एमालेका प्रमुख नेताहरुको बैठकले संबिधानमा राख्न प्रस्ताव गरेका सुझावका बारेमा सहमति कायम गर्ने प्रयास गर्ने छन्। काँग्रेसका मुख्य सचेतक लक्षमणप्रसाद घिमिरेले संविधानका लागि प्रस्ताव गरिएका संवैधानीक आयोज, राज्यपुर्नसंरचना, शासन ब्यवस्था लगायतका बिषयमा छलफल गरिने बताए। उनले संबिधान सभामा रहेका बिषयगत समितिका प्रारम्भीक मस्यौदा प्रतिबेदनलाई पारित गर्ने बिषयमा पनि छलफल हुने जानकारी दिनु भयो।अघिल्लो पटक बसेको तीन दलको बैठकमा छलफलहरु भएपनि आजका लागि बैठक सारीएको थियो। 


 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

idocall_banner