Home News Short News काँग्रेस बैठकमा मन्त्रीहरुको आलोचना

काँग्रेस बैठकमा मन्त्रीहरुको आलोचना

काठमाण्डौ । समसामयीक राजनीतिक बिषय र सकारका कामकारबाही लगायतका बिषयमा छलफल गर्नका लागि सत्तारुढ दल नेपाली काँग्रेसको संविधान सभा दलको बैठक बसीरहेको छ। सिंहदरबारस्थित संविधान सभा दलको कार्यालयमा जारि बैठकमा सरकारमा सहभागी मन्त्रीहरुका कामकारबाही, नयाँ संविधान र अन्य बिविध बिषयमा छलफल भईरहेको काँग्रेसले जनाएको छ। बैठकमा मन्त्रीहरु र पार्टीको बीचको समन्वय लगायतका बिषयमा छलफल हुने सभासद धनराज गुरुङले जानकारी  दिएका छन्। लामो समयपछि आज बसेको बैठकमा नयाँ संविधानमा पार्टीले खेल्ने भुमिका र अन्य बिषयमा पनि छलफल हुने बताईएको छ। बैठकमा काँग्रेसका अधिकांस मन्त्रीहरुको सहभागिता रहको छ। काँग्रेसको भोलिबाट केन्द्रीय समितिको बैठक बस्नै लाग्दा आज संसदीय दलमा छलफल गर्न लागेको छ।

 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

idocall_banner