काठमाण्डौ । संविधान सभाका प्रमुख तीन दलले नयाँ संविधानमा राख्ने छाता संवैधानक आयोग बनाउने बारेमा आज पनि आन्तरीक छलफल गरेका छन्।
प्रमुख तीन दल एकीकृत माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका प्रमुख नेताहरुका बीच आज भएको छलफलमा संवैधानीक आयोगहरुको छाता आयोग बनाउने बारेमा परार्मश भएको एमालेका नेता भरतमोहन अधिकारीले जानकारी दिएका छन्। उनले आज पनि संवैधानीक आयोगहरुलाई एकै ठाँउमा राखेर छाता आयोग बनाउने बिषयमा अनौपचारीक रुपमा छलफल भएको बताए। नयाँ संविधानमा राख्नका लागि बिभिन्न दलहरुले पाँच दर्जन बढि संवैधानीक आयोगहरु बनाउन प्रस्ताव गरेपछि प्रमुख तीन दलले त्यस बिषयमा सहमति जुटाउन आन्तरीक छलफल गर्दै आएका छन्। बैठकमा तीन दलका प्रमुख नेताहरुको सहभागिता रहेपनि अर्को दिन शिर्ष नेताहरुको बैठक बसालेर निर्णय गर्ने गरी छलफल सक्किएको एमाले नेता अधिकारीले उल्लेख गरे।





Comments