Home News Politics प्रहरी शाहको हत्यारा नजिक : गृह राज्यमन्त्री

प्रहरी शाहको हत्यारा नजिक : गृह राज्यमन्त्री

काठमाण्डौ । गृहराज्यमन्त्री रिजवान अन्सारीले आफूहरु जमिम शाहको हत्या गर्ने अपराधीको निकट पुगिसकेको दावी गरेका छन्। उनले एक दुइ दिन भित्रै अपराधी पक्राउ गरेर सार्वजनिक गर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले राजधानीमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राज्यमन्त्री अन्सारीले अपराधीहरु उम्किन नपाउन भनी सवै साधन स्रोतको परिचालन गरिएको र हत्याको छानविनका लागि आजै विशेष कार्यदल समेत बनाइने जानकारी दिएका छन्। अहिले सम्मको अनुसन्धानले शाहको हत्या संगठीत आपराधिक गिरोहले गरेको देखिएको भन्दै उनले गिरोह राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुन हो भन्ने बारेमा एकीन भईनसकेको बताए। राज्यमन्त्री अन्सारीले घटना हुन नदिन राज्यको गुप्तचर एजेञ्सी असफल देखिएको स्वीकार गर्दै अपराधी पनि पक्राउ पर्न सकेनन् भने राजधानीको सुरक्षा व्यवस्था नै असफल भएको मानिने बताए। पछिल्लो चरणमा भईरहेका आपराधिक घटनाक्रमले सरकारको सुरक्षा योजनामा अझै कमजोरी रहेको प्रष्ट भएको भन्दै उनले राजधानी लगायत मुलुकभरको सुरक्षा व्यवस्थालाई मजबुत बनाउनुपर्ने महसुस भएको पनि बताए। जमिम शाहलाई पाकिस्तानी गुप्तचर संस्था आइएसआइ वा अन्डरवर्ल्ड डन दाउद इब्राहिमसंग जोड्ने गरिएको प्रसंगमा गृहराज्यमन्त्रीले उनी माथिको आरोपको पाटो अर्कै हो भन्दै अहिले नेपाली नागरिकको हत्या भएको छ र सरकारले यसलाई गम्भीर रुपमा लिएको बताए।

 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

ABC Videos

Timi aaja bholi
Rating:
Views:2463

idocall_banner