Home News Politics 'कमजोर सुरक्षा व्यवस्थाका कारण जमिमको हत्या'

'कमजोर सुरक्षा व्यवस्थाका कारण जमिमको हत्या'

काठमाण्डौ । प्रधानमन्त्री माधवकुमार नेपालले कमजोर सुरक्षा व्यवस्थाका कारण च्यानल नेपाल टेलिभिजनका अध्यक्ष जमिम शाहको हत्या भएको स्वीकार गरेका छन् । काठमाण्डौमा आज सँचारकर्मीसँग कुरा गदै प्रधानमन्त्री नेपालले हत्यामा अन्तराष्ट्रिय अपराधिहरुको संलग्नता भएको आशंका गरे । प्रधानमन्त्री नेपालले हत्याराको खोजि कार्य भइरहेको र हत्यारालाई कडा भन्दा कडा सजाय दिने चेतावनी दिए । प्रधानमन्त्री माधवकुमार नेपालले जमिम शाहको हत्यारालाई  चाँडो पत्ता लगाएर कडा कारबाही गर्ने बताएका छन् । यसैबीच हत्या गरिएका सँचार उद्यमी शाहको पानीपोखरीस्थित निवासमा सोमबार पुगेर  उनको परिवारसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले दोषीलाई कडा कारबाही गर्ने बताएकाछन् ।  शाहका बुबाले प्रहरी प्रशासनको कमजोरीको कारण आफ्नो छोराको हत्या भएको गुनासो प्रधानमन्त्रीसँग गरेका थिए ।

 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

ABC Videos

Aau na Soltini
Rating:
Views:2222

idocall_banner