
काठमाडौ । प्रधानमन्त्री माधवकुमार नेपालले आज राष्ट्रपति डा. रामवरण यादवसग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति निवास शीतल निवासमा आज भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको छ । भेटका अवसरमा प्रधानमन्त्री नेपालले मुख्य रुपमा व्यवस्थापिका-संसद्को चालू अधिवेशन अन्त्य गर्ने सम्बन्धमा राष्ट्रपति डा. यादवसग परामर्श गरेका थिए । साथै त्यस अवसरमा राष्ट्रपति डा. यादवको आसन्न भारत भ्रमणका विषयमा पनि कुराकानी भएको छ । मन्त्रिपरिषद्ले गरेका निर्णयहरुका बारेमा प्रधानमन्त्री नेपालले राष्ट्रपति डा. यादवलाई जानकारी गराएको स्रोतले जनाएको छ ।
Please login to post comments or replies.
Comments