काठमाडौं। नेपाल पत्रकार महासंघले शान्ति सुरक्षा, पेसागत सुरक्षा तथा जमिम शाहको हत्याका दोषीलाई कारबाही लगायतका माग राखेर राजधानीमा प्रर्दशन गर्ने भएको छ।
अपरान्ह तीन बजे भृकुटीमण्डपबाट बसन्तपुरसम्म महासंघको नेतृत्वमा विरोध जुलुस प्रदर्शन गरिने महासंघले जनाएको छ। प्रर्दशनमा टेलिभिजन, रेडियो सञ्चालकहरुको संगठनको समेत सहभागिता हुने छ। च्यानल नेपाल टेलिभिजनका सञ्चालक तथा अध्यक्ष जमिम शाहको अज्ञात समुहले गोली प्रहार गरेर हत्या गरेपछि दोषीलाई कारबाहीको माग गरेर महासंघले प्रर्दशन गर्न लागेको हो।





Comments