काठमाण्डौ । व्यबस्थापिका संसद अर्न्तगतको सार्वजनिक लेखा समितिले बिभिन्न समयमा मन्त्रालयहरुलाई दिएका निर्देशन र निर्णय तोकिएको समयमा कार्यसम्पादन गरी प्रत्यके महिना प्रगति बिवरण बुझाउन दोहराएर निर्देशन दिएको छ। सार्वजनिक लेखा समितिको आज सिंहदरबारमा बसेको बैठकमा सरकारको, बढ्दो बेरुजुका विषयमा छलफल गरी त्यस्तो निर्देशन दिएको समितिका सभापति रामकृष्ण यादवले जानकारी दिएका छन्।
लेखाले सम्पुर्ण मन्त्रालयहरुका बाईस अर्व रुपैया बरावरको बेरुजु फर्छाट गरेर प्रगति बिवरण बुझाउन दिएको निर्देशन समयमा नबुझाएपछि आज पुन त्यस्तो निर्देशन दिएको हो। त्यसै गरी समितिले बारा जिल्ला बिकास समिति भएको राजश्व मिनाह गर्ने जिविसको अनिमियतता सम्बन्धी निर्णयका बारेमा छलफल गर्न सम्बन्धी पक्षलाई बोलाउने निर्णय गरेको छ। समितिले स्थानिय विकास मन्त्रालयका सचिव र बाराका स्थासिनय विकास अधिकारीलाई समितिमा उपस्थित हुन निर्देशन दिएको सभापति यादवले बताए। नेपाल बायु सेवा निगमको ब्यवस्थापन सुधार गर्नका लागि दिएको निर्देशन कार्यान्वयन भए नभएका सम्बन्धमा पनि प्रगति बिवरण बुझाउन पर्यटन मन्त्रालयलाई पुन निर्देशन दिएको छ। समितिले नयाँ बिमान खरिद गर्नका लागि निगमको ब्यवस्थापनमा सुधार गर्न निर्देशन दिए पनि त्यस बिषयमा हाल सम्म समितिमा प्रगति बिवरण आएको छैन। त्यसै गरेर मन्त्रालय अर्न्तगतका बेरुजु फर्छौट र अन्य बिविध बिषयका सम्बन्धमा कर्मचारीको मुल्यांकन गर्नका लागि समितिले सामान्य प्रशासन मन्त्रालयलाई कार्य सम्पादन मस्यौदा तयार गरी बुझाउन निर्देशन दिएको छ। बैठकमा सरकारका मुख्य सचिव माधब घिमिरेले सचिवहरुले बेरुजु घटाउनका लागि हरप्रयास गरेको भन्दै पुर्णरुपमा बेरुजु फर्छाट गर्न नसकिने बताए।





Comments