काठमाण्डौ । उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोईरालाले टेलिभिजन सञ्चालक जमिम शाहको हत्या वारे प्रहरीमा पनि छानविन गरी दोषिलाई कारबाही हुनुपर्ने वताएकी छिन्।
राजधानीमा आयोजीत कार्यक्रममा बोल्दै उनले कडा सुरक्षा घेरावीच हत्यारा उम्कनुले प्रहरी प्रशासनको गतीविधीमा समेत शंका उत्पन्न भएको धारणा व्यक्त गरीन्। दुई दिन अगाडी काठमाडौंको लाजिम्पाटमा गोली प्रहारवाट हत्या गरिएका शाहको परिवारलाई समवेदना प्रकट गर्दै मन्त्री कोईंरालाले यस्तो आशंका व्यक्त गरेकी हुन्। उपराष्ट्रपतिको सपथ र वेलायती सेनापतिको भ्रमणका कारण वाक्लो सुरक्षाकर्मी परिचालन गरीए पनि अपराधी उम्कनुले प्रहरीमा प्रश्न चिन्ह खडा गरेको उनको भनाई रहेको छ। हत्यापछि गठन हुने छानविन आयोग र कमिटीप्रती व्यङ्ग गर्दै मन्त्री कोईरालाले हत्यारालाई पक्राउ गर्न नसक्ने आयोग वा कमिटिको कुनै औचित्य नभएको वताइन्। शाहको हत्यावारेमा परराष्ट्रमन्त्रालयले पनि छानवीन गर्ने मन्त्री कोईरालाले जानकारी दिदै सरकारले सोमवार पुर्वन्याधिस गोविन्द पराजुलीको संयोजकत्वमा उच्च स्तरिय जाँचवुझ आयोग गठन गर्ने निर्णय गरेको थियो। पटक पटक हत्या र आक्रमणका घट्ना दोहोरीनुले सुरक्षा अवस्था अत्यन्तै जटिल वन्दै गएको उनको भनाई रहेको छ। अपराधीलाई कानुनी कठघरामा ल्याउन सरकारले सवै संयन्त्रको प्रयोग गर्ने वताइन्। मुलुकको सुरक्षा संयन्त्र कमजोर वन्दै गएको वेलामा सुरक्षा निकायका सवै प्रमुख एकैचोटी चीन भ्रमणमा जानु वेठिक भएको उनको टिप्पणी थियो ।
Comments