काठमाडौं। बिभिन्न पेसागत संगठनहरुको सञ्जाल पापडले आज शान्ति सुरक्षा र दोषीलाई कारबाहीको माग गर्दै राजधानीमा प्रर्दशन गर्दै छ। काठमाण्डौको प्रर्दशनि मार्गबाट पापडको अगुवाईमा दिउसो साढे २ बजे बिरोध र्याली निकाल्ने कार्यक्रम रहेको पापडका बर्तमान संयोजक तथा नेपाल चिकित्सक संघका अध्यक्ष केदारनरसिंह केसीले जानकारी दिएका छन्।
पछिल्लो समयमा सञ्चारकर्मि र उद्यमी माथि सांघातिक हमला बढेपछि आन्दोलीत बनेको पापडले शान्ति सुरक्षाको माग गर्दै आन्दोलन शुरु गरेको हो। पापडमा नेपाल पत्रकार महासंघ, चिकित्क संघ लगायत बिभिन्न ६ वटा पेसागत संगठनहरु आबद्ध छन्।





Comments