काठमाडौं। संविधान सभाले मस्यौदा प्रतिवेदन अध्ययन समितिबाट प्राप्त संवैधानिक निकायको संरचना निर्धारण समितिको प्रतिवेदन सुझाव र निर्देशन सहित संवैधानिक समितिमा पठाएको छ।
संविधान सभाको आजको बैठकले मस्यौदा अध्ययन समितिबाट हिजो प्रस्तुत प्रतिवेदनलाइ सर्वसम्मतिले पारीत गरी संवैधानिक समितिमा पठाएको हो। समितिका संयोजक अग्नि खरेलले हिजोको बैठकमा प्रतिवेदन पेश गरेका थिए। त्यस्तै आजको बैठकमा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले न्यायप्रणाली र संवैधानिक समितिका केही सदस्यहरुको नाम हेरफेर गरेका छन्। न्यायप्रणाली समितिका सदस्य राधेश्याम अधिकारीलाई संवैधानिक समितिमा पठाइएको छ भने संवैधानिक समितिमा रहेका खड्ग बहादुर बस्याल सार्कीलाई न्यायप्रणाली समितिमा पठाइएको छ। संविधान सभाको आजको बैठकले बैठकमा अनुपस्थित विभिन्न सभासदहरुको अनुपस्थितिको सूचना स्वीकृत गरेको छ। संविधान सभामा प्रमुख दलका शीर्ष नेतासहित सभासदहरु १० पटक भन्दा बढी सम्म बैठकमा अनुपस्थित रहदै आएका छन्। यसरी संविधान सभाको बैठकमा कम उपस्थित भएर सूचना पठाउनेमा गिरिजाप्रसाद कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रच48ड, एमाले अध्यक्ष झलनाथ खनाल लगायतका नेताहरु रहेका छन्।





Comments