Home News Short News वाईसीयलले अभियान सञ्चालन गर्ने

वाईसीयलले अभियान सञ्चालन गर्ने

काठमाडौं। एकीकृत माओवादीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग वाईसिएलले निर्धारीत समयमा संविधान र शान्ति प्रकृया सम्पन्न गर्नका लागि युवा अभियान सञ्चालन गर्ने भएको छ। हालै सम्पन्न केन्द्रीय कमिटीको वैठकका निर्णय सार्वजनिक गर्न आज काठमाडौंमा आयोजीत पत्रकार सम्मेलनमा वाईसिएल संयोजक गणेशमान पुनले यस्तो जानकारी गराएका हुन्। राष्ट्रिय स्वाधिनता, शान्ति र संविधान विरुद्ध चौतर्फि षड्यन्त्र भैरहेको वताउँदै त्यस विरुद्ध व्यापक जनपरिचालन, घरदैलो, दवाव तथा जनजागरणमुलक कार्यक्रम गरिने वाईसिएलले जनाएको छ। 


 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

idocall_banner