काठमाडौं। नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य अत्यन्तै गम्भिर हुदै गएपछि केन्द्रीय समितिको बैठक प्रभावित भएको छ।
सभापति कोइराला अस्वस्थ भएपछि आजका लागि तोकिएको बैठक स्थगित गरिएको प्रबक्ता अर्जुन नरसिंह केसीले जानकारी दिएका छन्। सभापति कोइरालालाई थप उपचारका लागि भारत लैजाने तयारी पनि भएको बताईएको छ। त्यसै गरेर कोइरालाको स्वास्थ्यका बारेमा जानकारी लिन काँग्रेसका नेताहरु महाराजगञ्ज पुगेका छन्। उनलाई पछिल्लो समय स्वाश प्रश्वाशमा समस्या भएको छ। यस अघि हिजो मात्रै चिकित्सकहरुको टोलीले सभापति कोइरालाको स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै थप उपचारका लागि अस्पताल भर्ना गर्न सुझाव दिएका थिए। बिभिन्न जिल्लाको बिवाद, पार्टी सदस्यता बितरण र १२ औ महाधिबेसनको मिति तय गर्न केन्द्रीय समितिको बैठक आजका लागि तोकीएको थियो। अर्को बैठकका बारेमा केही बताईएको छैन।





Comments