Home News Politics गृह राज्यमन्त्री अन्सारीको राजीनामा !

गृह राज्यमन्त्री अन्सारीको राजीनामा !

काठमाडौं। शान्ति सुरक्षा बहाली हुन नसकेको भन्दै गृह राज्यमन्त्री रिजवान अन्सारीले आज पदबाट राजीनामा दिने भएका छन्। आठ महिना अघि राज्यमन्त्रीमा नियुक्त अन्सारीले प्रधानमन्त्री समक्ष औपचारिक राजीनामा पत्र बुझाउनु हुने छ। प्रधानमन्त्री माधवकुमार नेपालले गएराति गृहराज्यमन्त्री अन्सारीलाई बालुवाटार स्थित निवासमा बोलाएर पदीय मर्यादा विपरीत बोल्दै हिडेको भन्दै आलोचना गरेका थिए। नेपालले गएराति नै राजीनामा दिन निर्देशन गरेको स्रोतले जनाएको छ। गएराति करिब साढे नौ बजे नेपालले अन्सारीलाई बालुवाटारमा बोलाएको थियो। सन्चार उद्यमी जमीम शाह र अरुण सिंहानियाको हत्यापछि अन्सारीले सार्बजनिक रुपमै गृहमन्त्री भीम रावललाई पनि नैतिकताको आधारमा पद त्याग्न सुझाव दिएका छन्।

 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

ABC Videos

Dubna deu malai
Rating:
Views:1796
Sunrise
Rating:
Views:1604

idocall_banner