Home News Politics संवैधानीक समितिमा माओवादीको हो हल्ला

संवैधानीक समितिमा माओवादीको हो हल्ला

काठमाडौं। एकीकृत माओवादीले संवैधानीक समितिमा वितरीत संविधानमा देखिएका जटिलता सम्बन्धी एएजेण्डा पत्रपत्रिकामा बितरण गरेकोमा आपत्ति प्रकट गर्दै बिरोध जनाएपछि आजको बैठक एजेण्डामा प्रबेश नै नगरी स्थगित भएको छ। समितिको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा माओवादी संसदीय दलका उपनेता नारायणकाजि श्रेष्ठले हिजोको संवैधानीक समितिको बैठकमा सदस्यलाई वितरीत प्रतिलिपि पत्रपत्रिकालाई बितरण गरेको भन्दै बिरोध गरेपछि आजको बैठक भोलिसम्मका लागि स्थगित भएको हो। हिजो बसेको संवैधानीक समितिको बैठकमा संविधान निर्माण सम्बन्धी जटिलता लाई बुदागत लिखित रुपमा बितरण गरिएको थियो। माओवादी संसदीय दलका उपनेता श्रेष्ठ र अन्य सभासद्ले निर्णय जस्तो गरेर पत्रपत्रिकामा कसरी आयो भनि माओबादीका सभासद्हरुले हो हल्ला गरेका थिए।

 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

ABC Videos

Yogi
Rating:
Views:1517
Annapurna
Rating:
Views:1579

idocall_banner