काठमाडौं, १३ साउन। तेस्रो पटक प्रधानमन्त्रीको लागि निर्वाचन हुने दिन नजिकिदै गएपनि फेरी पनि कुनै उम्मेद्धारको पक्षमा बहुमत पुग्ने अझै निश्चित छैन।
एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसले आउंदो १७ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई जिताउन प्रयास जारी राखेका भएपनि तठस्त रहेका एमाले र मधेशवादी दलहरुको अडान यथावत छ। यद्यपि पछिल्लो समय मधेशवादी दलहरुले माओवादीलाई समर्थन गर्ने संकेत देखिएको माओवादी नेताहरुले वताएका छन्। एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले अध्यक्षले जित्ने सभावना वलियो भएपनि निश्चित भने भईनसकेको वताउएका छन्। उनले शान्ति र सविधान सुनिश्चित गर्न माओवादीको नेतृत्वको सरकार अनिवार्य रहेको दावी पनि गरेका छन्। त्यसैगरी कांग्रेसले पनि आफ्नो पक्षमा बहुमत जुटाउन पहल गरेपनि एमालेले राम्रो सकेत नदिएका कारण रामचन्द्र पौडेलको प्रधानमन्त्रीमा १७ गते निर्वाचित हुने सभावना कम रहेको बताईन्छ।
Comments