Home News Politics मधेशी मोर्चा अझै नाजायज मागमा अडिग

मधेशी मोर्चा अझै नाजायज मागमा अडिग

काठमाडौं, १३ साउन। मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशी मोर्चा आगामी १७ गतेको प्रधानमन्त्रीय चुनावमा तटस्थ नबस्ने वताएपछि फोरममा संकट उत्पन्न भएको छ। माओवादीपरस्त यादवले एकीकृत नेकपा माओवादीलाई चुनावमा समर्थन गरे फोरमका नेता जयप्रकाश गुप्ताले पुनः फोरम फुटाउने संकेन दिईसकेको छन्। तर, यादवले कुन दललाई समर्थन गर्ने भन्ने वारे कुनै पनि निर्णय भइनसकेको बताएका कारण आगामी १७ गतेसम्म फोरमको अबस्थालाई हेर्न लायक हुने छ। यादवले स्वायत्त मधेश प्रदेशमा लिखित सहमति नभएमा मधेशी मोर्चाले संयुक्तरुपमा संघर्ष  गर्ने चेतावनी दिदै आएका छन्। जुन अन्य दललाई फलामको चिउरा सावित हुनेछ। अन्य दलहरुले सो लिखित दिएमा देश कालान्तरमा विभाजन हुने निश्चित छ। यादवले मधेका मुद्धालाई दलहरुले सकारात्मक रुपमा लिएर पुरा नगरे देश नै संकटमा पर्ने चेतावनी दिदै आएका छन्।

 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

ABC Videos

Singing Bowl
Rating:
Views:1463

idocall_banner