Home News General / Public बढेर नेपालमा बाघको संख्या १ सय ५५

बढेर नेपालमा बाघको संख्या १ सय ५५

काठमाडौं, १३ साउन। चोरी सिकारीका कारण नेपालमा बन्यजन्तुको संख्या घटिरहेको आशंका ब्यक्त गरिरहेको बेला नेपालले राहतको सास फेर्न पाएको छ। नेपालमा बाघको संख्या बढेको खवरपछि त्यस्तो अवस्था आएको हो।  एक अध्ययन अनुसार  गतवर्ष मुलुकभर १ सय २१ रहेको बाघको संख्या यसवर्ष १ सय ५५ पुगेको छ। बाघ संरक्षण दिवसको अवसरमा बिहीबार राजधानीको पर्यटन बोर्डमा वन मन्त्रालय लगायत विभिन्न निकायले गरेको कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो। राष्ट्रिय निकुञ्ज विभाग र बाघ संरक्षणमा काम गर्ने विभिन्न निकायहरुले गरेको अध्ययनले बाघको संख्या बढेको देखाएको छ। वन मन्त्रालयका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र बर48डाबार क्षेत्रमा १ सय २५, बदिर्या राष्ट्रिय निकुञ्जमा १८,शुक्ला फाटा बन्यजन्तु आक्षणमा ८ र पर्सा निकुञ्जमा ४ वटा बाघ भेटिएको छ। एक महिना लगाएर क्यामरा ट्रयापिङ मार्फत बाघको गणना गरिएको थियो। उक्त कार्यका लागि डब्लुडब्लुएफले ३८ लाख आथिर्क सहयोग गरेको थियो। बाघ गणनाका लागि १ सय ७० हात्तीको प्रयोग गरिएको थियो। 

 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

ABC Videos

boss ka toss
Rating:
Views:1693
Sasuralima
Rating:
Views:2351

idocall_banner