काठमाडौं, १३ असर। एकिकृत नेकपा माओवादीले संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले माग गरेअनुरुप लिखित जवाफ तयार गरेको छ।
माओवादी मुख्यालय कोटेश्वरमा वसेको केन्द्रीय कार्यालयको वैठकले मोर्चाको तर्फवाट प्रस्तुत आधारपत्रमाथि छलफल गर्दै लिखित जवाफ पारित गरेको हो। दुई चरणको निर्वाचनमा कांग्रेस र माओवादीको प्रधानमन्त्रीको उम्मेदवारले स्पष्ट वहुमत प्राप्त नगरेकोले तेस्रो चरणको निर्वाचनमा सहभागीताको लागि मधेशी मोर्चाले संयुक्त रुपमा माग हरु अगाडि सारेका छन्। मधेशी मोर्चाले अगाडी सारेका मुद्धावारे लिखीत जवाफको तयारीका लागि दुवै दलले गृहकार्यलाई तीव्रता दिएपनि कांग्रेसले लीखित जवाफको आवश्यकता नरहेको वताईसकेको छ। मोर्चाले उठाएका अधिकांस सवालमा माओवादी यसअगाडि देखी नै नजिक रहेकोले माओवादीले केही विषयमा मात्र माओवादीले गंभिरता देखाएको हो। एक मधेश एक प्रदेश, वहुलवाद र लडाकु समायोजनको समयसिमा र प्रकृया तत्काल तोक्नुपर्ने विषयमा माओवादी सहमत रहेको थिएन। मधेश केन्द्रित दलहरुले उठाएका माग प्रती माओवादी नजिक रहेकोले माओवादीलाई मधेशी दलहरुले आफुलाई समर्थन गर्नेमा माओवादी विश्वस्त रहेको छ। माओवादीले आजै मोर्चासँगको वार्ताको तयारीपनि गरेको छ। उता नेपाली कांग्रेसले भने आत्मनिर्णयको अधिकार सहितको स्वायत्त मधेश प्रदेश, सेनामा मधेशीको समुहगत प्रवेश तथा राज्यपुनर्संरचना आयोग गठन नगर्ने मोर्चाको माग वारेमा असहमत रहेको छ।
Comments