Home News Politics खनालको आग्रह माओवादीद्वारा अस्वीकार

खनालको आग्रह माओवादीद्वारा अस्वीकार

काडमाडौं, १४ साउन। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीको उम्मेद्वारी फिर्ता लिई राष्ट्रिय सहमतिका लागि गरेको आग्रह एकीकृत नेकपा माओवादीले अस्वीकार गरेको छ। प्रधानमन्त्रीका प्रत्यासी एवम् काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले उम्मेद्वारी फिर्ता लिई माओवादी नेतृत्वमा सरकार गठनको ग्यारेन्टी भए सहमतिको सरकार गठनको पहल गर्ने उसले बताएको छ। एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले भने, 'निर्वाचनमा गइसकेकोले अब पछि हट्ने कुरै हुंदैन। अध्यक्ष दाहालकै नेतृत्वमा सरकार गठनको प्रयास जारी राख्छौं।'  सबैभन्दा ठूलो दलको हैसियतले माओवादीले नै सरकारको नेतृत्व पाउनु पर्ने भए पनि संसदवादी कतिपय दलले अनेक बखेडा झकेर माओवादीविरुद्ध निषेधको राजनीति गरेको उनले टिप्पणी गरे।  नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले बहुमतीय सरकारले मुलुकका समस्या समाधान नहुने भन्दै एकीकृत नेकपा माओवादी र नेपाली काङ्ग्रेसलाई पत्र पठाई प्रधानमन्त्रीको उम्मेद्वारी फिर्ता लिन आग्रह गरेका थिए। यस सम्बन्धमा काङ्ग्रेसले भने कुनै प्रतिकृया जनाएको छैन।

 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

ABC Videos

Mountain Flight
Rating:
Views:1468
Ekai najar ma
Rating:
Views:1860

idocall_banner