Home News Politics साना दलको सर्मथन जुटाउन कांग्रेस असफल

साना दलको सर्मथन जुटाउन कांग्रेस असफल

काठमाडौं, १४ साउन। नेपाली कांग्रेसले प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो पक्षमा सर्मथन जुटाउने प्रयास स्वरुप साना दुई वामपन्थि दलसंग राजनीतिक परार्मश गरेको छ। सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा भएको छलफलमा साउन १७ गते हुने प्रधानमन्त्रीको तेस्रो चरणको निर्वाचनका बिषयमा छलफल भएको कांग्रेसले जनाएको छ। बैठकपछि सञ्चारकर्मीसंग कुरागर्दै नेकपा मालेका माहासचिव सीपी मैनालीले सहमतिको सरकारका लागि माओवादीका उम्मेदवार र कांग्रेसका उम्मेदवारले नाम फिर्ता लिनुपर्ने सुझाव दिएको बताएका छन्। उनले एउटा दललाई फाईदा पुग्ने गरेर राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने बताए। त्यसै गरेर कांग्रेसले नेकपा माले र नेकपा संयुक्तसंग आगामी १७ गते हुने प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गर्न आग्रह गरेको छ। कांग्रेसले आग्रह गरेपनि माले र संयुक्तले त्यस सम्बन्धमा अन्तिम निर्णय दिएको छैन। छलफलमा कांग्रेसबाट कार्यबहाक सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरवाहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेकपा मालेबाट सीपी मैनाली र नेकपा संयुक्तबाट चन्द्र देव जोशी लगायतका नेताहरुको सहभागिता रहेको थियो।

 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

ABC Videos

Ekai najar ma
Rating:
Views:1860
best funny video EVER!
Rating:
Views:2476

idocall_banner