Home News Politics शोभराजलाई सर्वस्वसहित जन्म कैद

शोभराजलाई सर्वस्वसहित जन्म कैद

काठमाडौं, १४ साउन। फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई सर्वस्वसहित जन्मकैद गर्ने पाटन पुनरावेदन अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश रामकुमार प्रसाद साह र गौरी ढकालको संयुक्त इजलासले पुनरावेदन अदालतको फैसलालाई सदर गर्ने निर्णय सुनाएको हो। शोभराज पाँच वर्षदेखि विभिन्न अपराधमा जेलमा सजाय काटिरहेका थिए। अमेरिकी महिला कोन्निजो ब्रोनिचिजको हत्या गरेको अभियोगमा शोभराजलाई काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। काठमाडौं जिल्ला अदालतको फैसलालाई पुनरावेदन अदालत पाटनले पनि सदर गरेपछि शोभराजले ०६२ साल कार्तिक २४ गते सर्वोच्चमा मुद्धा दायर गरेका थिए। शोभराजको यसअघि असार ३० गते हुने भनिएको फैसला आजका लागि सरेको थियो।  यसैबीच विभिन्न अपराधमा मुद्धामा जेल सजाय भोगिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजकी कथित पत्नी निहिता विश्वासले अदालतको निर्णयप्रति आक्रोस व्यक्त गरेकी छन्। उनले शोभराजविरुद्धको सर्वोच्चको निर्णयलाई भ्रष्ट न्यायाधीशको निर्णय भनी टिप्पणी गरेकी छन्। शोभराजलाई सर्वस्वसहित जन्म कैद गर्ने फैसलालाई सर्वोच्च अदालतल सदर गरेपछि कथित पत्नी निहिताको कन्त विजोक भएको छ।

 

Comments

Please login to post comments or replies.
Working....
Finished
Failed

abc_gadget

ABC Videos

Bhetiyera chutnu bhanda
Rating:
Views:1508
Maya Garchu
Rating:
Views:1520

idocall_banner